भोलि बिहान पाँच बजे काठमाडौंका १० ठाउँमा भेला हुँदै प्रचण्ड-नेपाल पक्ष
बुधबार, २१ माघ २०७७, २० : ०५
नेकपाको प्रचण्ड–नेपाल पक्ष बिहीबारको बन्दलाई सशक्त बनाउने लागिपरेको छ । जसअनुसार काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउन ५ बजे नै सो पक्ष सडकमा आउने बताइएको छ ।
प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ ।
नेता हिमाल शर्माले गोंगबुचोक, बालाजु चोक, नारायण गोपाल चोक, चाबहिल चोक, भोटाहिटी चोक, बल्खु चोक, कोटेश्वर, कलंकी चोक, फर्पिङ चोक र नागाढुंगा नाकामा ५ बजे नै भेला हुनका लागि ठाउँ तोकिएको जानकारी दिए ।
नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ५ पुसमा प्रतिनिधिसभा विघटन निर्णय लिएपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण