शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भोलि बिहान पाँच बजे काठमाडौंका १० ठाउँमा भेला हुँदै प्रचण्ड-नेपाल पक्ष

बुधबार, २१ माघ २०७७, २० : ०५
बुधबार, २१ माघ २०७७

नेकपाको प्रचण्ड–नेपाल पक्ष बिहीबारको बन्दलाई सशक्त बनाउने लागिपरेको छ । जसअनुसार काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउन ५ बजे नै सो पक्ष सडकमा आउने बताइएको छ । 
प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ । 

नेता हिमाल शर्माले गोंगबुचोक, बालाजु चोक, नारायण गोपाल चोक, चाबहिल चोक, भोटाहिटी चोक, बल्खु चोक, कोटेश्वर, कलंकी चोक, फर्पिङ चोक र नागाढुंगा नाकामा ५ बजे नै भेला हुनका लागि ठाउँ तोकिएको जानकारी दिए ।

नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ५ पुसमा प्रतिनिधिसभा विघटन निर्णय लिएपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप