सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भृकुटीमण्डपमा जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु

बुधबार, २१ माघ २०७७, १९ : ०९
बुधबार, २१ माघ २०७७

काठमाडौं । भृकुटीमण्डपमा आजबाट जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत मेला हो । प्रदर्शनीको समुद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरे । 

कार्यक्रममा बोल्दै श्रेष्ठले कोभिडका कारण आयात निर्यात बन्द भएको अवस्थामा पनि स्वदेशी उत्पादनले माग धानेको र आगामी दिनमा स्वदेशमा मात्रै नभएर आकर्षक तथा नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादन गरी बिदेशमा अझै निर्यात गर्न सके अर्थतन्त्रमा सहयोग पुग्ने बताए । 

उनले बिगतको मेला भन्दा अहिलेको मेलामा देशकै उत्कृष्ट ब्राण्डहरुको सहभागीता रहेकोमा खुशी व्यक्त गर्दै ग्राहकहरुलाई स्वदेशी उत्पादनहरुको प्रयोग गरी देशलाई आत्मनिर्भर हुन सहयोग पुर्याउन आग्रह गरे ।  

मेलामा स्वदेशी सम्पूर्ण ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी छन ।

एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउनेछन । मेला आगामी फागुन १० गते सम्म रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप