संवैधानिक निकायका पदाधिकारीलाई काम गर्न नदिन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । वुधबार सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुलाई कामकाज रोक्न माग गर्दैै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संवैधानिक निकाय ३२ जना प्रमुख तथा पदाधिकारीहरुको काम गर्न रोक लगाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।
त्रिपाठीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै संविधानविपरित रहेको दावी गर्दै सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २,८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख छ । रिटमा परिषदका ६ मध्ये ३ जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाईबिनै ती आयोगहरुमा नियुक्तिको परिकल्पना संविधान नगरेको उल्लेख छ ।
रिटमा आदेश माग गर्दै त्रिपाठीले भनेका छन्ः ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु र सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा