जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुनसक्छः बाबुराम भट्टराई
बुधबार, २१ माघ २०७७, १७ : ४९
चितवन । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताएका छन् । जसपा चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।
अध्यक्ष भट्टराइले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाए । उनले भने– ‘हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।’
उनले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको बताए । अध्यक्ष भट्टराईले पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउत पुगे डिल्लीबजार कारागार
-
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
-
विवादित पात्र महिमानसिंह विष्ट : गाविस अध्यक्षलाई सरुवाको धम्कीदेखि रेशमलाई थुन्ने पत्रसम्म
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोले रोहित पौडेल नेतृत्वको नेपाल निलोलाई हरायो
-
खोपको दुवै डोज एउटै हातमा लगाए प्रभावकारिता बढ्न सक्छ : अध्ययन
-
केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदन, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त