शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुनसक्छः बाबुराम भट्टराई

बुधबार, २१ माघ २०७७, १७ : ४९
बुधबार, २१ माघ २०७७

चितवन । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताएका छन् । जसपा चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।

अध्यक्ष भट्टराइले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाए । उनले भने– ‘हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।’ 

उनले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउँदै  निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको बताए । अध्यक्ष भट्टराईले पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप