शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको ‘धर्मास्त्र’ : गन्तव्य कता ?

बुधबार, २१ माघ २०७७, १६ : ३१
बुधबार, २१ माघ २०७७

काठमाडौं । संसद विघटनको हठात निर्णयपश्चात यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली चारैतिर घेराबन्दीमा परेका र प्रहारका केन्द्रबिन्दू बन्दै गइरहेका छन् । यो स्थितिमा उनले आफ्ना समर्थनको दायरालाई बढाउनका लागि ‘धर्मको कार्ड’ खेल्न थालेका छन् । त्यसैको पछिल्लो कडी हो–प्रधानमन्त्री ओलीको पशुपतिनाथको विशेष  पूजा र चितवनमा राम मन्दिर निर्माणको मुद्दालाई अघि सार्नु ।

प्रधानमन्त्री ओलीका राजनीतिक जीवनचक्रलाई विश्लेषण गर्नेहरुका अनुसार राजनीतिक रुपमा ओली गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताप्रति कहिल्यै पनि सकारात्मक रहेनन् । उनी इच्छाले भन्दा पनि परिस्थितिले लतारिएर यहाँसम्म आइपुगेका हुन् । र, अहिले सत्तामा आसिन भएपछि उनको त्यो संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्धको भावना पुनः प्रकट हुन थालेको विश्लेषण हुन थालेको छ । हुन पनि उनका पछिल्ला गतिविधिहरु नियाल्दा त्यो कुरालाई नै बल पुग्छ ।

राजनीतिक–मानसिक रुपमा कमजोर महसुस गर्दै जाँदा राजनीति गर्नेहरुले धर्मको सहारा लिन खोज्नु कुनै अनौठो कुरा होइन । यो ओलीको हकमा मात्र हैन, सिंगो दक्षिण एशियामा नै एउटा मूल प्रवृत्तिको रुपमा रहँदै आएको छ । यस कडीमा अहिले प्रधानमन्त्रीको पशुपतिनाथको यात्राको अन्तर्य फगत धार्मिक मात्र नरहेर त्यसका पछाडि उनको सिद्राको व्यापार पनि रहेको सहजै बुझन् सकिन्छ ।

धर्मको राजनीति

प्रधानमन्त्री ओलीले सत्तारुढ भएपछि पहिलो पटक माघ १२ गते बडो तामझामका साथ ‘विधिपूर्वक’ पशुपतिनाथमा संकल्प पूजा गरे । सोही दिन उनले पशुपतिनाथमा सुनको जलहरी निर्माणका लागि राज्यको तर्फबाट ३० करोड दिने प्रतिबद्धता पनि जनाए ।

ओलीले सार्वजनिक रुपमा धर्मास्त्र प्रयोग गरेर अहिलेको परिस्थिति आफ्ना पक्षमा ल्याउन लाग्नुमा बाह्य फ्याक्टर पनि जोडिएको उनले संकेत दिए । पूर्वराजदूतसमेत रहेका बरालले भने, ‘उहाँले भारतसँग सम्बन्ध बढाउन खोज्नु भएको छ । त्यो पुरै देखियो । ‘र’ प्रमुख विमानस्थलबाट सोझै बालुवाटार गएर राति तीन चार घण्टा छलफल भयो । के–के कुरा गर्नु भएको हो ? अहिलेसम्म बाहिर आएको छैन । विशेष प्लेन चढेर त्यसै आएनन् होला उनी । केही मिसन त थियो होला,’ बरालले भने ।

लगत्तै  माघ १७ गते चितवन पुगेर पनि ओलीले आफ्ना धार्मिक अस्त्र अगाडि सारे । उनले माडीमा आउँदो वर्ष राम मन्दिर बनाएर प्राणप्रतिष्ठा गर्ने बताए । ‘माडीमा राख्न रामको मूर्ति तयार भयो । सीताको पनि बन्दै छ । लक्ष्मण र हनुमानको बन्नेछ । यो वर्ष नभ्याइने भयो । अर्को रामनवमीमा भव्य तरिकाले मन्दिर बनाएर प्राणप्रतिष्ठा गरिनेछ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

माडीमा राम मन्दिर निर्माणमा त्यहाँबाट निर्वाचित सांसदले केही नबोलेको भन्दै ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका थिए ।

‘त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा गर्न किन सक्नुहुन्न ? कसका डरले नसकेको हो ?,’ ओलीको प्रश्न थियो, ‘बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुहुन्छ । मयूरको प्वाख लाउँदैमा अर्को चरो मयूर हुँदैन ।’

तर ओलीमा धार्मिक राजनीतिको तृष्ण्ना भने गत असारमै सवार भएको देखिन्थ्यो । २९ असारमा प्रधानमन्त्री ओलीले हिन्दू धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा जन्मिएको भनी दाबी गरेका थिए ।

त्रिपाठीका अनुसार केपी ओलीले यो एजेण्डा बोकेको खण्डामा उनको पार्टीले सबैभन्दा धेरै मत पाउने पार्टीमा रुपान्तिरित हुने सम्भावना देखिन्छ ।

धर्मको राजनीति : गन्तव्य कता ?

पछिल्ला यी घटना त्यसैको परिस्कृत रुपमा परिदृष्यमा आएको बुझ्न गाह्रो छैन । यता नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको टिप्पणी गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीले हिन्दु राज्य बनाउने कोसिस गरेको जिकिर गरेका थिए ।

केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन्,’ भन्ने पाण्डेको भनाइ थियो ।

नागरिकको भावनासँग खेल्ने ओलीले अहिले धार्मिक आस्था राख्नेहरुको समर्थन बटुल्नको लागि आफूलाई धर्मसँग जोडिरहेको थापाको बुझाइ छ । पशुपतिको दर्शन, माडीमा राममन्दिर बनाउने कुरा, नारायणहिटीअघि सभा गर्ने विषयलगायतलाई एक ठाउँमा राखेर हेर्दा त्यसको स्पष्ट संकेत देखिएको थापाले बताए ।

ओलीले धर्मको आधारमा आफ्नो राजनीतिलाई अघि बढाएको पाण्डेको बुझाइ थियो । ‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्,’ पाण्डेले त्यतिसम्म पनि दाबी गर्न भ्याए ।

यस्तै काँग्रेस नेता गगन थापाले पनि परिवर्तनलाई स्वीकार नगरेको एउटा जमातको समर्थन ओलीले धर्मास्त्र फ्याँकेको बताए ।

नागरिकको भावनासँग खेल्ने ओलीले अहिले धार्मिक आस्था राख्नेहरुको समर्थन बटुल्नको लागि आफूलाई धर्मसँग जोडिरहेको थापाको बुझाइ छ ।

पशुपतिको दर्शन, माडीमा राममन्दिर बनाउने कुरा, नारायणहिटीअघि सभा गर्ने विषयलगायतलाई एक ठाउँमा राखेर हेर्दा त्यसको स्पष्ट संकेत देखिएको थापाले बताए ।

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले पनि त्यसको बलियो सम्भावना औँल्याए । उनले भने, ‘उहाँले कसरी हेरिराख्नु भएको छ । थाहा छैन । तर चुनावमै जाने हो भने उहाँले यो एजेण्डा बोक्नुपर्ने अवस्था देखिन्छ ।’

पार्टी विभाजनपछि हिन्दु राष्ट्र र संघीयता खारेजीको एजेण्डाविना ओलीको पार्टी स्थापित हुन कठिन हुने त्रिपाठीको विश्लेषण छ ।

‘किनभने अति वामपन्थी क्रान्तिकारीधारका कम्युनिस्टले भोट हाल्ने भनेको प्रचण्डको पार्टीलाई हो । त्यो भोट उहाँ (केपी ओली)ले लिन सक्नुहुन्न । बन्दुक बोकेर जाने बाहेककाले प्रचण्डलाई भोट हाल्ने हो । डेमोक्रेटिक वामपन्थी समूह छ । त्यसले काँग्रेसलाई भोट हाल्छ,’ उनले भने, ‘अनि जातिवाद र क्षेत्रीयवादमा आधारित रहेर राजनीति गर्नेहरुले आफैलाई भोट हाल्छ । यस्तो अवस्थामा मतदाताको एउटा मात्र ग्राउड खाली छ । त्यो भनेको राष्ट्रवादी शक्ति, धर्मपरम्परा मान्य, संस्कृति मान्य फेलिक्जिबल ग्राउन्डको मत लिनका लागि जोकसैले पनि यो एजेण्डा बोक्न सक्छन् ।’

त्रिपाठीका अनुसार केपी ओलीले यो एजेण्डा बोकेको खण्डामा उनको पार्टीले सबैभन्दा धेरै मत पाउने पार्टीमा रुपान्तिरित हुने सम्भावना देखिन्छ ।

यस्तै उनले संविधानमा देखिएको अन्तरविरोधले नै धर्मनिरपेक्षताको खारेजी लगायततर्फ मुलुक जान खोजेको दाबी गरे । ‘संविधान मुलुकलाई केन्द्रमा राखेर बनेको थिएन । त्यस बेलाका शक्ति केन्द्रको सम्झौताको दस्ताबेज भएकाले कयौँ अस्वभाविक कुराहरु संविधानमा समेटिएको थियो । संविधानमै कयौँ विरोधाभासपूर्ण कुरा भएकाले संविधान आफै परिवर्तन गर भनेर बोलिराखेको छ,’ उनले भने

यो कुरालाई ओलीले बुझेर नै आफूलाई त्यस रुपमा प्रस्तुत गरेको हुन सक्ने उनको बुझाइ छ । राजनीतिमा समय परिस्थिति अनुसार मानिसहरुको विचार परिवर्तन हुन सक्ने त्रिपाठीको भनाइ छ । अहिलेको परिस्थितिले ओलीको सोच, विचार, प्रस्तुतिमा अस्वभाविक ढंगले परिवर्तन आएको उनले बताए ।

त्रिपाठी भन्छन्, ‘हिजो केपी ओलीजीलाई भगवान माक्र्स भनेर लागेको थियो होला । अहिले यसो हेर्दै ल्याउँदा भगवान त माक्र्स होइन रहेछ, पशुपति पो रहेछ भन्ने लाग्यो । अब हैन तपाईंले पहिलो माक्र्स भनेकाले अहिले पनि माक्र्स नै भनिराख्नुपर्छ भनेर भन्नु भएन ।’ओलीका पछिल्ला गतिविधिलाई मानिसहरुले दृष्टिकोण परिमार्जित गर्दै जान्छन् भन्ने पाटोको रुपमा हेरेको त्रिपाठीको भनाइ छ ।

यस्तै उनले संविधानमा देखिएको अन्तरविरोधले नै धर्मनिरपेक्षताको खारेजी लगायततर्फ मुलुक जान खोजेको दाबी गरे । ‘संविधान मुलुकलाई केन्द्रमा राखेर बनेको थिएन । त्यस बेलाका शक्ति केन्द्रको सम्झौताको दस्ताबेज भएकाले कयौँ अस्वभाविक कुराहरु संविधानमा समेटिएको थियो । संविधानमै कयौँ विरोधाभासपूर्ण कुरा भएकाले संविधान आफै परिवर्तन गर भनेर बोलिराखेको छ,’ उनले भने, ‘यो देश र म सँगसँगै हिँड्न सक्दिनँ भनेर संविधानको अन्तरवस्तुले भनिराखेको छ । संविधानले आफै आफ्नो परिवर्तन खोज्नु र त्यो बेला केपी ओली प्रधानमन्त्री हुनु संयोग मात्र हो ।’

तर संसद विघटनले सबै थरी विचार र शक्तिलाई समेटेर संविधान बनाउनु पर्ने भन्ने संकेत दिएको उनको भनाइ छ । अहिले नै परिस्थति भने त्यतातिर गइनसकेको त्रिपाठीको बुझाइ छ । ‘किनभने घोषित मिति वा त्यसको आसपासमा चुनावको परिणामले भोलिको राजनीति निर्धारण गर्छ । अहिले केपी ओलीले सोझै धर्मनिरपेक्षता खारेजी गरेर हिन्दु राष्ट्र बनाइ हाल्ने र अहिलेको अहिले नै संघीयता खारेज गरेर एकीकृत सार्वभौमसत्ता स्थापना गराउने भन्ने कुरा अपरिपक्व हुन्छ । उहाँले यो एजेण्डा बोक्ने छनक मात्र देखिएको छ,’ उनले भने ।

ओलीले मौकाको राजनीति गर्न खाजेको उनको बझाइ छ । ‘कति बेला के बोल्दा ठीक हुन्छ । के गर्दा ठीक हुन्छ त्यही अनुसार जाने देखिन्छ । उहाँले राजावादी हिन्दुवादीसँग पनि भेटवार्ता गरिरहनु भएको छ । पार्टी विभाजनपछि उहाँ संकटमा हुनुहुन्छ । संसद पुनःस्थापना होस् वा निर्वाचन– अहिलेको अवस्थामा उहाँका लागि अनुकुल हुने देखिँदैन । त्यसैले उहाँले यो सब गरिरहनु भएको छ ।’

राजनीतिक विश्लेषक लोकराज बरालले पनि अहिलेको परिस्थिति र ओलीको गतिविधिले त्यही संकेत दिएको विश्लेषण सुनाए । उनले भने, ‘पार्टीमा विभाजन आएको छ । प्रचण्ड र माधव नेपालजीले साथ छोड्नुभएको छ । राजनीतिक रुपमा उहाँ एउटा सङ्कटमा हुनुहुन्छ । यस्तो अवस्थामा उहाँको पछिल्ला गतिविधि र अभिव्यक्तिले उहाँ धर्मको बाटो समात्न थाल्नुहुन्छ कि भन्ने प्रश्न उठेको छ ।’

‘उहाँ हिन्दुराष्ट्रको एजेण्डा नै बनाएर त जानु हुँदैन होला । तर बीच बीचमा चुट्की हान्दै आफूतिर ध्यानाकर्षण खोज्नु भएको देखिन्छ । चुनावी दृष्टिकोण आफ्नो पक्षमा मत पार्न धर्मास्त्र प्रयोग गर्नुभएको होला ।’

तर नेपालका नेताहरु भर नभएको उनको भनाइ छ । बरालले भने, ‘नेपालका नेतारु भर त छैन । यिनीहरुको न बोलीमा लगाम छ, न निर्णयको ठेगान छ ।’

उनले ओलीले सार्वजनिक रुपमा धर्मास्त्र प्रयोग गरेर अहिलेको परिस्थिति आफ्ना पक्षमा ल्याउन लाग्नुमा बाह्य फ्याक्टर पनि जोडिएको उनले संकेत दिए । पूर्वराजदूतसमेत रहेका बरालले भने, ‘उहाँले भारतसँग सम्बन्ध बढाउन खोज्नु भएको छ । त्यो पुरै देखियो । ‘र’ प्रमुख विमानस्थलबाट सोझै बालुवाटार गएर राति तीन चार घण्टा छलफल भयो । के–के कुरा गर्नु भएको हो ? अहिलेसम्म बाहिर आएको छैन । विशेष प्लेन चढेर त्यसै आएनन् होला उनी । केही मिसन त थियो होला,’ बरालले भने ।

ओलीले मौकाको राजनीति गर्न खाजेको उनको बझाइ छ । ‘कति बेला के बोल्दा ठीक हुन्छ । के गर्दा ठीक हुन्छ त्यही अनुसार जाने देखिन्छ । उहाँले राजावादी हिन्दुवादीसँग पनि भेटवार्ता गरिरहनु भएको छ । पार्टी विभाजनपछि उहाँ संकटमा हुनुहुन्छ । संसद पुनःस्थापना होस् वा निर्वाचन– अहिलेको अवस्थामा उहाँका लागि अनुकुल हुने देखिँदैन । त्यसैले उहाँले यो सब गरिरहनु भएको छ ।’

ओलीले संघीयता र धर्मनिरपेक्षता खारेजीको बाटो समात्ने सम्भावनाबारे उनले भने, ‘उहाँको केही ठेगानै छैन । जे पनि प्रयोग गर्नु हुन्छ । आफ्नो स्वार्थका लागि केही बाँकी राख्छन् जस्तो लाग्दैन ।’

तर ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको ग्यारेन्टी गर्ने जिकिर गर्दै आएका छन् ।

सुवास नेम्वाङ फेरि पनि नैतिक संकटमा

ओलीका पछिल्ला अभिव्यक्ति र अभ्यासबाट वर्तमान उपलब्धिका साक्षी सुवास नेम्वाङहरु के गर्छन् भन्ने प्रश्न उठेको छ । संविधानसभाको अध्यक्षका हैसियतले नेम्वाङका लागि असंवैधानिक संसद विघटनझैँ फेरि नैतिक सङ्कटमा खडा भएको छ ।

यसबारे बरालले भने, ‘विचाराहरु पछि लागेका हुन् । सुवास नेम्वाङ जस्तो आठ आठ वर्ष सभामुख भएको मान्छे । त्यहीअन्तरगत संविधान बन्यो । संविधानमा संसद विघटनको अधिकार छैन भनेर घोषणा गर्ने मान्छे पछि–पछि लागेको देख्दा त्यहाँभन्दा ठूलो बिडम्बना के हुन्छ ? आफ्नो अडान केही नभएको मान्छे जस्तो देख्छु म । व्यक्तिगत स्वार्थमा ओलीको पछि लागेका छन् ।’

ओलीले संघीयता र धर्मनिरपेक्षता खारेजीको बाटो समाते पनि सुवास नेम्वाङहरु लतारिएर जाने उनको बुझाइ छ । ‘उहाँहरु ओलीमा आश्रित भएको देखियो । त्यसैमा लतारिनुहुन्छ भनेर कसरी विश्वास नगर्ने ?,’ बरालको प्रश्न छ ।

तर त्रिपाठीले भने नेम्वाङलाई राजनीतिक दृष्टिकोणले हिन्दु राष्ट्र र संघीयता खारेजीको बाटोमा फर्किन सहजता नै हुने बताए । ‘जनताले हिन्दु राष्ट्र हटाउनुपर्छ, संघीयता बनाउनु पर्छ भनेर हिँडेको बाटो पनि सहज थिएन । तर उहाँहरु जनताको भावना विपरीत जानुभयो । अब सुवासचन्द्र नेम्वाङजीहरु पनि हिन्दु राष्ट्र र संघीयता खारेजीको बाटोमा फर्किनु हुन्छ भने राजनीति दृष्टिकोणले सहजता हुन्छ । अब कतै अरु प्रकारले सम्झौता भएका छन् भने व्यक्तिगत कुरा हो । व्यक्तिगत रुपमा असहजता होला,’ उनले भने ।

नेम्वाङले मौनतापूर्वक संघीयता, धर्मनिरपेक्षता बनाएको भन्दै मौनतापूर्वक गल्ती सच्याउने अवसर प्राप्त भएको त्रिपाठीले बताए ।

‘हिजो संघीयता, धर्मनिरपेक्षता बनाउँदा पनि मौनतापूर्वक उहाँले बनाइदिएको हो । उहाँ मौन नै हुनुहुन्थ्यो । उहाँले बोलेर बनाएको होइन । त्यो गल्ती सच्याउने अवसर सुवास नेम्वाङजीलाई पनि प्राप्त भएको छ । उहाँले केपी ओलीको कदमलाई मौनता पूर्वक साथ दिँदा राम्रै हुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप