शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षको आमहड्तालः भोलि के–के खुल्छ के–के बन्द हुन्छ ? (विज्ञप्तिसहित)

बुधबार, २१ माघ २०७७, १४ : ४१
बुधबार, २१ माघ २०७७

नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । 

प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो । 
पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप