शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षले भन्यो : सरकारको गुण्डाराज र फासीवादविरुद्ध बाध्यतावश आमहड्ताल

बुधबार, २१ माघ २०७७, १४ : ३१
बुधबार, २१ माघ २०७७

नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको आरोप लगाएका छन् । 
बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताएका हुन् । 

उनले आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको बताए । 
‘सरकारले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक परिषदमा बलमिच्याँइ गरेको छ । यो निरकुशतन्त्रको पराकाष्ठा हो’,श्रेष्ठको भनाइ छ । 

त्यस क्रममा नेता श्रेष्ठले आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने पनि प्रष्ट पारे । उनले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको बताए । उनले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताए ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप