शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षद्वारा बिहीबार देशव्यापी आमहड्तालको घोषणा

बुधबार, २१ माघ २०७७, १४ : १०
बुधबार, २१ माघ २०७७

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । 


सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् । 

यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको नेकपा प्रचण्ड माधव पक्षले जनाएको छ । प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना गरेको पनि गरेको छ । 

त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेतृ भुषालले जानकारी दिइन् । 

कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसबेल मुलुक गम्भीर संकटमा रहेको बताए ।

उनले  प्रतिगमन तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने पनि बताए । उनले आमहड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप