बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मकवानपुरमा ६ महिनाभित्र ५१९ मुद्दा फैसला

बुधबार, २१ माघ २०७७, १३ : ११
बुधबार, २१ माघ २०७७

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा  थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको  अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
    
गत  आर्थिक वर्ष  दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत  आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९ मुद्दा पुगेको बताइएको छ ।  

अदालतले एक भिजन एक मिशन, एक वर्षभित्र न्याय सम्पादनको सिद्धान्तलाई अङ्गीकार गरेको जानकारी दिनुहुँदै भट्टराईले  सबै किसिमका मुद्दाहरु छ महिनादेखि एक वर्षभित्र फछ्र्यौट गर्ने गरी काम भइरहेको बताए । कोरोनाको महामारीका कारण अदालतको काम कारबाही प्रभावित  भएकाले पुरानो मुद्दा फैसलामा ढिलाइ भएको उनले बताए । अघिल्लो आवबाट  जिम्मेवारी सरेर आएको दुई वर्ष पुरानो  १६ मुद्दा फैसला हुन बाँकी छ । उक्त मुद्दामध्ये १० देवानी तथा ६ फौजदारी मुद्दा फैसला गर्न बाँकी छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप