शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

बुधबार, २१ माघ २०७७, १२ : ००
बुधबार, २१ माघ २०७७

काठमाडौं । विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना उपस्थित भएपनि उपराष्ट्रपति पुन र सभामुख सापकोटा अनुपस्थित भएका हुन् । ‘यो असंवैधानिक कदम हो भन्ने कुरा आइरहेको छ । त्यसैले उहाँहरु नजानु भएको हो । असंवैधानिक कदममा साक्षी बस्न जाने कुरा पनि जायज होइन,’ उपराष्ट्रपति पुन र सभामुख सापकोटा निकट श्रोतले रातोपाटीलाई बतायो ।

यसलाई कतिपयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर संवैधानिक रुपमा देखिन थालेको भनेर टिप्पणी गरेका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप