सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

डा.शिवको ‘अभागी त म हुँ’ सार्वजनिक

बुधबार, २१ माघ २०७७, ११ : ४७
बुधबार, २१ माघ २०७७

गायक गायिका कुशल बेल्वासे र सुनितामी परियारको स्वर रहेको लोक दोहोरी गीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङको रोमान्स देख्न सकिन्छ । 

डा.शिव सुवेदीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बाध्यताले मायालुसँग बिछोडिनु परेको भाव झल्किने दृश्यहरु समेटिएको छ । म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् ।  
गीतकारका यसअगाडि ‘तिम्रै झल्को दियो’, ‘आमा’, ‘नसोध कसैले’ लगायतका गीतले बजारमा चर्चा पाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप