मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

स्वार्थी शासक, उपेक्षित जनता

बुधबार, २१ माघ २०७७, ११ : २५
बुधबार, २१ माघ २०७७

 

 

-भरतबहादुर विष्ट

जङ्गबाहादु राणा नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज बनेका थए । विसं १९०३ मा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीतिक, प्रशासनिक व्यवस्थामा एक्कासि शक्तिशाली भएका थिए । जङ्गबहादुर शक्तिशाली प्रधानमन्त्री भइसकेपछि नेपालमा एकतन्त्रीय राणा शासनको उदय भयो । त्यो शासन नेपालमा १०४ वर्षसम्म चलेको थियो । यो कालखण्डमा छिमेकी देश भारत ब्रिटिस साम्राज्यको कब्जामा थियो । अङ्ग्रेजहरूले नेपालका कतिपय स्थान पनि कब्जा गरिसकेका थिए । त्यस्तो अवस्थामा नेपालले जङ्गबहादुरले अङ्ग्रेजलाई खुसी पारेर राप्तीदेखि महाकालीसम्मको भूभाग नेपालमा गाभ्न सफल भए । जो वर्तमान नेपालको पश्चिमी तराईको भूभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुनः गाभ्न सफल भए । यस भूभागलाई नयाँ मुलुक नामले समेत चिनिन्छ । 

राजाका सबै अधिकार छिनेर राणाहरूले नेपालमा एकछत्र पारिवारिक राजकाज चलाए । नेपालको शासन व्यवस्थामा राजा राजेन्द्र शाह बाँकी शाहवंशीय राजाभन्दा बढी शक्तिशाली भएर पदासीन भएको समयमा जङ्गबहादुर दरबारभित्र पसेर । आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्र शाहलाई राजगद्दी आरोहण गराई काजी दामोदर पाँडे, भीमसेन थापा, माथवरसिङ थापाको रणनीति कूटनीति राजनीति विफल पारेर आफू शक्तिशाली बने । आफूलाई राजा बनाउने जङ्गबहादुर भएपछि राजा सुरेन्द्र शाहले जङ्गबहादुर राणालाई कास्की र लमजुङका लागि श्री ३ महाराज पद प्राप्त गरेका थिए । राजनीतिक शक्ति मान, सम्मान पदप्रतिष्ठाका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने ज्वलन्त उदाहरण इतिहासकारले लेखेका ऐतिहासिक पुस्तकबाट राम्रोसँग बुझ्न सकिन्छ ।

जङ्गबादुर राणाले थालनी गरेको पारिवारिक शासनशैली पछि  जहानिया पारिवारिक शासन जगजगी राजा नामका मात्र काम तमाम गर्ने राजालाई आफ्नो कठपुतली बनाउने र आफ्नो विरोध गर्नेलाई देखी नसक्ने, जालझेल, षड्यन्त्र गरेर आफ्नो शक्ति सञ्चित गर्ने, देशलाई कमजोर बनाउने, जनताप्रति बेखबर हुने, क्रूर एकतन्त्रीय तानाशाही एकछत्र शासनको चपेटाबाट नेपाली जनता आजित परेका थिए । राणा शासनले जनताका छोराछोरीलाई पढ्न नदिने, पढेलेखे भने सरकारको विरोध गर्छन् भन्ने सोचाइ राणाहरूको थियो । पछि समय बित्दै गयो नेपालका रक्तनली कोसी, मेची, राप्ती, गण्डकी, बागमती, भेरी, कर्णाली, महाकालीमा धेरै पानी बगिसकेको थियो । नेपाली जनताका छोराछोरी राणा शासनले देशमा गरेको अत्याचार, शोषण, दमन, मौलिक हक, अधिकार, मानव अधिकार हननको निरङ्कुश एकतन्त्रीय शासनको प्रतिवाद विरोध यदाकदा सुरु भइसकेको थियो ।

त्यतिबेला देशमा अशिक्षा, गरिबी, भोकमरी, औलो, हैजा, कुष्टरोग, टीभी, निमोनिया जस्ता रोगले गाँजेको थियो । जनचेतना कमीले अन्याय र अत्याचारको बिगबिगीले आक्रान्त थियो । समाजमा जातीय विभाजन, छुवाछूत, लैङ्गिक असमानता, घरेलु हिंसा, असमानता, ठूलो जातिले सानो जातिलाई हेप्ने चेप्ने शोषण थिचोमिचो थियो । जसको शक्ति उसैको भक्तिलाई जयजयकार गर्नुपर्ने, गाउँमा भद्रभलाद्मी कचहरी, सार्वजनिक समारोहमा विवाह व्रतबन्ध पनि स्वविवेकले गर्न नपाइने अवस्था थियो । मानिसलाई वस्तुभाउ जसरी सजिलोसँग किनबेच गर्ने, कमारा कमारी, हलिया, चरुवा, हरूवा, भरुवा, सुसारे, चाकरी गुलामी खलो प्रथा बहुविवाह, बालविवाह, बहुपतिप्रथा, सतीप्रथा जस्ता कुसंस्कारबाट आजित भइसकेका थिए । तत्कालीन शासनलाई आमजनता देशवासी जनताप्रति उदासीन, लाचार थये । हुकुमी शासनका कारण रैतीको थाकथलो जिउधनको सुरक्षा कहिल्यै भएन । खाली सत्ता र शक्तिका लागि मरिहत्ते गर्थे । पछि लुकिछिपी भारत गएर केही पढेलेखेका नेपाली आमाका सपूतले विशेषगरी विसं १९८० दशकपछि नेपालमा राणाको जहानिया शासनको विरोध गर्न थाले । यसबाट मुक्त हुन राणा शासनको अन्त्य जनविद्रोह श्री भैसकेको थियो ।

भारतको स्वतन्त्रता सङ्ग्रामा आन्दोलनबाट प्रभावित भएर भारतमा अध्ययनरत केही नेपाली जुझारु देशभक्त, न्याप्रेमी, प्रजातन्त्रवादी नेपाली युवा विद्यार्थीले नेपालमा पनि एकतन्त्रीय राणा शासनविरुद्ध आन्दोलन सुरु गरेका थिए । यसमा नेपाल प्रजापरिषद् र नेपाली काङ्ग्रेसले अगुवाइ गरेका थिए । प्रजातन्त्रको स्थापन गरिनुपर्छ भनेर देशैभर जागरण अभियान चलाए । नेपाली काङ्ग्रेसको नेतृत्वमा नेतृत्वमा नेपालमा देश व्यापी सशस्त्र क्रान्तिको घोषणासमेत भयो । राणा शासनविरुद्ध लागेको आरोपमा नेपाली आमाका सपूत धर्मभक्त माथेमा शुक्रराज शास्त्री दशरथ चन्द गङ्गालाल श्रेष्ठ क्रूर अमानवीय जघन्य तरिकाले मृत्युदण्ड दियो । जसबाट नेपाली जनतामा राणा शासनप्रति सशक्त आक्रोश बढ्न थाल्यो । निरङ्कुश एकतन्त्रीय राणा शासनको जग हल्लिन थाल्यो । जनआक्रोश बढ्दै गयो । देशैभरि ठाउँठाउँमा राणा शासनको सशक्त विरोध हुन थाल्यो ।  

राजा त्रिभुवनले नेपाली काङ्ग्रेसको सशस्त्र जनक्रान्तिलाई भित्रभित्र समर्थन गरेका थिए । राणा शासन कसरी हटाउने भन्ने नेपाली जनतालाई भन्दा बढी चिन्ता राजा त्रिभुवनलाई थियो । त्यसैले राजाले सशस्त्र सङ्घर्षलाई नैतिक समर्थन गरेका थिए । राणाले राजाका सबै अधिकार आफ्नो हातमा लिएका थिए । राणाले जगजगीले राजालाई बसिरहन दिएन, रहन खान दिएनन्, आजित थकित थिए । राजाको यो हाल भएपछि जनताको कस्तो थियो होला ? यसैबाट सजिलोसँग अनुमान लगाउन सकिन्छ । शाहवंशीय परम्परामा मात्रैले राजा भएका अधिकारबाट पूरै विमुख नामका राजा मात्रै बनाइएको थियो । 

संसारको इतिहास हेर्दा लगभग धेरैजसो देशमा सत्ताका लागि काट्मार लुछाचुँडी छलकपट जालझेल झैझगडा लडाइँ भएको पाइन्छ । यो प्रजातान्त्रिक प्रणालीको सुरु अर्थात् आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्न र सत्तामा भएका सत्ताधारीबीचको पद प्रतिष्ठा छोड्न नचाहने र जसरी पनि पदप्रतिष्ठाका लागि मरिहत्ते गर्ने, दाउपेछ हुनेगरेको देखिन्छ । जस्तोसुकै हत्काण्डा अपनाएर पनि आफ्नो अभीष्ट पूरा गर्ने कोसिस चलेको देखिन्छ । देशका विभिन्न ठाउँमा राणा बडाहाकिमहरू आत्मसमर्पण गर्न थाले । ती ठाउँमा जनताको सरकार व्यापक हुन थाल्यो । राजा त्रिभुवन यस क्रान्तिलाई सफल गर्नेगरी विसं २००७ साल कात्तिक २१ गते सपरिवार भारतीय विमानबाट दिल्ली प्रस्थान भयो । तत्कालीन राजा त्रिभुवनका नाति महेन्द्रका चारवर्षे नाबालक माइला छोरा ज्ञानेन्द्र वीरविक्रम शाहलाई राजगद्दी आरोहण गराए । भारतले सार्वजनिक रूपमा प्रधानमन्त्री मोहन शमशेर राणाको उक्त कदमलाई मान्यता नदिने घोषणा गर्‍यो । भारतको यस्तो घोषणापछि राणा सरकारलाई चौतर्फी दबाब पर्‍यो । 

निर्वासित राजपरिवार दिल्लीमा शरण लिएको थियो । मोहन शमशेरले परिस्थिति नियन्त्रण गर्न मुस्किल पर्‍यो । प्रधानमन्त्री मोहन शमशेरले आफ्ना भाइ र आफ्ना पुत्रलाई दूत बनाएर वार्ताका लागि दिल्ली पठाए । मोहन शमशेरले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थता गरिदिन आग्रह गरे । राजा त्रिभुवन, काङ्ग्रेस र राणा सरकारका प्रतिनिधिबीच नयाँ परिस्थितिबारे छलफल भयो । यता देशमा राणा शासनको उपस्थिति राजधानीमा मात्रै खुम्चिन थाल्यो । तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूको मध्यस्थतामा राणा नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबीच त्रिपक्षीय दिल्ली सम्झौता सम्पन्न भयो । तत्पश्चात राजा त्रिभुवन स्वदेश फर्किए । स्वदेश फर्किएपछि विसं २००७ फागुन ७ गते शाही घोषणामार्फत नेपालमा प्रजातन्त्र स्थापन भएको घोषणा भयो ।

जतिबेला देशमा राणाशासन राणा भारद्वाजहरू आलोपालो प्रधानमन्त्री हुन्थे । कहिले राजासँग मिलेर कहिले रानीसँग मिलेर आफू कसरी प्रधानमन्त्री हुने भन्ने षड्यन्त्र जालझेलमा राजकाज चलाउने गरेका र त्यसको मारमा नेपाली जनता परेका थिए । सत्ताका लागि लुछाचुँडी भएपछि शक्ति सञ्चित गर्ने राज्यकोष राज्यस्रोतमाथि कब्जा एकलौटी मनपरि भएपछि कसको के दाल गल्थ्यो र ? राजालाई आफ्नो कब्जामा लिएर शक्ति जति आफ्नो पकडमा नामका राजाको के हैसियत हुन्थ्यो र ? गाउँमा टाठाबाठाको शक्तिको आडमा अत्याचार शोषण जातीय भेदभाव समाजमा छुवाछूत चरम अन्याय अत्याचार थिचोमिचो चलिरहेको थियो । जनताका छोराछोरीले पढेलेखे भने सरकारको विरोध गर्छन् भनेर पढ्न लेख्न दिँदैन थिए ।

समय बित्दै गयो, राजा त्रिभुवनको देहावसानपछि महेन्द्र राजा भए । संविधान सभामार्फत संविधान बनाउने भनिएको थियो तर संविधान सभाबाट बनाइएन । संविधान लेखियो, बनाइयो । उक्त संविधानअनुसार विसं २०१५ सालमा आमनिर्वाचन पनि सम्पन्न भयो । उक्त आम निर्वाचनको माध्यमबाट नेपाली काङ्ग्रेसलाई दुईतिहाइको बहुमत प्राप्त भयो । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला बन्नुभयो । लगत्तै  काङ्ग्रेसको आन्तरिक आपसी घर झगडा सत्ताको हानथाप खिचातानी चल्यो । कोही भारत पस्ने कोही दरबार पस्ने यस्तो आन्तरिक विवाद अन्तर सङ्घर्ष किचलो पार्टी कमजोर भयो । पार्टीका नेता कार्यकर्ता अनुशासन पार्टी सिद्धान्त पद्धतिको खिलाप हिँड्न् थाले । पार्टी कमजोर भएपछि सरकार कमजोर हुने नै भयो । 

काङ्ग्रेसको आन्तरिक किचलो घर झगडालाई निहुँ मानेर काङ्ग्रेसको नेतृत्वमा राणा शासनको अन्त्य गरेको, बुबा राजा त्रिभुवन राणाले दिएको शासकीय पीडा सहन नसकी भारतको शरणमा पुग्नु परेको, आफ्ना चार वर्षको माइला छोरा ज्ञानेन्द्रलाई राणा प्रधानमन्त्री मोहन शमशेरले राजगद्दी आरोहण गराएको कति छिटो बिर्नेको राजा महेन्द्रले ? त्यसको उपहारस्वरूप त्यसको दुई वर्ष नपुग्दै २०१७ सालमा राजा महेन्द्र वीरविक्रम शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरे । कोइराला मन्त्री मण्डल खारेज गरी शाही घोषणामार्फत प्रजातन्त्रको घाँटी निमोठेर हत्या गरियो । देशमा पञ्चायत शासन लागू भयो । जनताका मौलिक हक अधिकारहरू कुन्ठित गरियो ।  प्रजातान्त्रिकका लागि जनताले गरेको बलिदान त्याग तपस्याको बेवास्ता गर्दै त्यसलाई कुल्चने प्रतिगामी निरङ्कुश तानाशाही कदम लाद्ने कार्य राजा महेन्द्रबाट भयो ।

त्यसपछि ३० वर्षसम्म नेपाली जनताले प्रजातन्त्रका लागि सङ्घर्ष गर्नुपर्‍यो । २०४६ सालको जन आन्दोलनमार्फत संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र २०४७ सालको नेपालको संविधान २०४८ मा आमनिर्वाचन सम्पन्न नेपाली काङ्ग्रेसलाई बहुमत प्राप्त ०५१ सालमा पुन: आन्तरिक किचलो र झैझगडा सुरु भयो । जनताप्रति उदासीन, सत्ताका लागि मरिहत्ते गर्ने छत्तीसे र बहत्तरेको कारण हुँदा खाँदाको बहुमत छँदै आफ्नै खुट्टामा बन्चरो हान्ने काम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भयो । त्यसपछि देशमा कुशासन सांसदहरू किनबेच ६, ६ महिनामा सरकार परिवर्तन हुन थाल्यो । अराजकता, दण्डहीनता बढ्दै गयो । सशस्त्र जनयुद्ध सुरु त्यससँगै ०५८ मा राजावीरेन्द्रको वंशनाश । राजा ज्ञानेन्द्र हुन पुगे । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले समयमा चुनाव गर्न सकेनन् । देउवालाई असक्षम घोषणा गरी शाही घोषणामार्फत कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिए । बहुदलीय पार्टीको अकर्मण्यता कुशासन भ्रष्ट बदनीय बहुदली व्यवस्थाको कारण देखाउँदै प्रतिगामी कदम लाद्ने र लोकतन्त्रको घाँटी थिच्ने कार्य तत्कालीन राजा ज्ञानेन्द्रले गरे ।

राजाको प्रतिगमनविरुद्ध र दस वर्ष लामो माओवादी सशस्त्र जनयुद्ध शान्तिपूर्ण राजनीति अवतरणपछि पुन: छिमेकी देश भारतको मध्यस्थतामा बाह्रबुँदे सहमति भयो । ०६२/०६३ जनआन्दोलन, अन्तरिम संविधान, संविधान सभाको निर्वाचन, राजतन्त्रको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । दुई दुई पटक संविधान सभाको निर्वाचन बल्ल २०७२ मा नेपालको संविधान सभाबाट संविधान जारी भयो । त्यो आमनिर्वाचनमा तत्कालीन एमाले र माओवादीको बामपन्थी गठबन्धनलाई दुईतिहाइको बहुमत प्राप्त भयो । प्रधानमन्त्री केपी ओली पार्टीको आन्तरिक झैझगडा, सत्ता लुछाचुँडी र हानथापले जनताप्रति चरम उदासिनता भए । देशमा कुशासन, दण्डहीनता भ्रष्टाचारप्रति राज्यका निकायको संलग्नता, आन्तरिक गुटबन्दीले जनजीवन आक्रान्त बनेको ५ । जनताका मौलिक हक कुण्ठित भएका ५न् । अढाई वर्ष नपुग्दै हुँदाखाँदाको दुईतिहाइ मतको घोर अपमान हुनेगरी संसद विघटन गर्ने काम केपी ओलीले प्रतिगामी कदम चालेका छन् । यस्तो कार्य कुनै शासकले अहिलेसम्म कसैले गरेनन् । इतिहास साक्षी छ ।

टीकपुर–१ कैलाली ।

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा