शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनुहारमा वाक्स गर्नु कति सही ?

बुधबार, २१ माघ २०७७, ०८ : ४०
बुधबार, २१ माघ २०७७

अनुहारको अनावश्यक रौंबाट छुटकारा पाउनका लागि र चिल्लो र मुलायम बनाउनका लागि युवतीका साथै पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्न थालेका छन् । फेसियल वाक्सबाट अनुहार सफा हुन्छ र रौं हट्छ तर यसको असर अनुहारको छालामा पर्छ । जब रौं हटाउनका लागि अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्नुहुन्छ तब असाध्यै दुख्छ । तसर्थ छालामा बिमिरा आउन सक्छन् । 

साधारणतया यी बिमिरा दुईदेखि तीन दिनसम्म रहन्छ । यदि छालामा यस्ता बिमिरा धेरै समयसम्म रहेको खण्डामा यो थप गम्भीर हुनसक्छ, तसर्थ यसको उपचार गराउनुपर्छ । फेसियल वाक्सले छालालाई पनि तान्छ जसका कारण यो खुकुलो हुनसक्छ । वाक्यले छालाको छिद्रालाई बन्द गरिदिन्छ जसका कारण कहिलेकाँही डण्डीफोर आउन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप