शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिष्टाचार जीवन मन्त्रः सन्तुष्ट हुनुहुन्छ भने खुसी हुनुहुन्छ र यही जीवन हो

बुधबार, २१ माघ २०७७, ०६ : ५३
बुधबार, २१ माघ २०७७

हाम्रो इच्छा आकांक्षा अनन्त छन् । त्यस्ता विभिन्न कुराहरु छन् जसलाई हामी पाउन चाहन्छौं । र मान्नुहोस् कि यदि कुनै पूरा भइहालेछ भने पनि त्योभन्दा थप राम्रो पाउने चाहना राख्छौं ।

आफ्ना सपना र इच्छा पक्कै पनि पूरा गर्नुहोस् तर यसका कारण जीवनलाई निराशातर्फ नलैजानुहोस् । जीवनमा सुख त्यतिबेला मात्रै पाइन्छ जब तपाईं सन्तुष्ट हुनुहुनेछ । यो सबै दृष्टिकोण र सोचको कुरा हो । आफ्नो दृष्टिकोणलाई नियाल्नुहोस्, त्यसपछि आफसे आफ जीवनसँग सन्तुष्ट र खुसी रहन सिक्नुहुनेछ । 

तुलना गर्नुहोस् तर सहीः

हामीसँग सबैकुरा छ । तर यदि कसैसँग हामीभन्दा राम्रो छ भने हामी त्यो पनि पाउने चाहना राख्छौं । हाम्रा वरिपरि यस्ता थुप्रै मानिसहरु छन् जसमध्ये कोहीसँग धेरैकुरा छ त कसैसँग त्योभन्दा कम । जीवनयापनका लागि केही कुराहरु आवश्यक पर्छ, त्यसमा कुनै शंका छैन, त्यसको चाहना राख्नु ठिक पनि हो । तर कुनै साथी वा छिमेकीसँग राम्रो कुरा देखेर आफूसँग किन छैन भनेर तुलना गर्न छोड्नुहोस् । यसको साटो आफ्नो पुरानो जीवनसँग आजको तुलना गर्नुहोस् । तपाईंले सुरुवात गर्दा तपाईंको जीवन कस्तो थियो र आज कति सफल छ भनेर सोच्नुहोस्  । सही तरिकाले तुलना गर्नुहुन्छ भने तपाईंलाई असाध्यै धेरै खुसी लाग्नेछ । तुलनाभन्दा बढी त प्रेरणा लिनुहोस् । जुन सुविधाको चाहना छ, त्यो पाउनका लागि मिहिनेत गर्ने प्रेरणा ।

इन्टरनेट केलाउन कम गर्नुहोस्ः

सधैं नयाँ नयाँ वस्तु आइरहन्छन्, यीमध्ये तपाईं कतिसम्म खरिद गर्नुहुन्छ ? सोसल मिडिया र इन्टरनेटमा तलमाथि स्क्रोल गर्ने बेला नयाँ जमानाका थुप्रै वस्तु र ग्याजेट्सको भिडियो देखेपछि लाग्छ कि यी पनि किन्नुपर्छ । ती सामान तपाईंसँग भएको ग्याजेटभन्दा पनि महँगो हुनसक्लान् । यस्तोमा सोसल मिडिया र इन्टरनेटमा यसबारे खोजी गर्न र बारम्बार हेर्न बन्द गर्नुहोस् । यस्ता वस्तुलाई जति हेर्नुहुन्छ, किन्ने चाहना त्यति नै बढ्छ । खरिद गर्न नसक्दा निराशा हुनुहुनेछ । 

समझदारीले काम गर्नुहोस्ः

कसैले तपाईंबारे के सोच्छ, यस्ता कुरालाई वास्तै नगर्नुहोस् । थुप्रै पटक साथी वा सँगै काम गर्ने साथीहरुले कुनै न कुनै वस्तुको कमीको महसुस गराएका होलान् । उनीहरुले भनेको भरमा नभई आफ्नो आवश्यकता अनुसार काम गर्नुहोस् । यदि तपाईंलाई कुनै वस्तुको आवश्यकता छ भने त्यो किन्न कुनै शंका नपाल्नुहोस् तर यदि तपाईं देखावटीका लागि केही किन्दै हुनुहुन्छ भने यसले आफूलाई सन्तुष्ट पारेको ठान्नुहोला । तर यसले न त कहिले सन्तुष्ट हुन सक्नुहुन्छ न नै कहिले खुसी । 

आभारी रहनुहोस्ः

सधैं दिनको अन्त्यमा खसी भएर यो सोच्नुहोस् कि तपाईंसँग जे छ, त्योसँग तपाईं खुसी हुनुहुन्छ । यो खुसीलाई सधैं व्यक्त गर्नुहोस् । बिस्तारै यसो गर्न बानी पर्नेछ र तपाईं त्यस्तै महसुस गर्न थाल्नुहुनेछ जुन तपाईंले बोलिरहनुभएको छ । 

के चाहनुहुन्छ थाहा छैन !

कतिपटक घर, चाहिएका हरेक सामान, राम्रो जागिर हुँदा पनि खुसीको कमी महसुस हुन्छ । के चाहिएको हो, बुझ्नै सकिँदैन । जब सही दिशा पाइँदैन तब असन्तुष्ट हुनु स्वभाविक छ । यस्तोमा एक दिन पूरा आफूसँगै बिताउनुहोस् र यो विचार गर्नुहोस् कि तपाईंसँग सबैकुरा हुँदा पनि यसबाट तपाईं किन सन्तुष्ट हुनुहुन्नँ ? यदि तपाईं जीवनमा केही अर्कै गर्न चाहनुहुन्थ्यो तर जागिरका कारण यसो गर्न पाउनुभएको छैन भने यो पनि एउटा कारण हुनसक्छ । आफ्नो इच्छालाई सुरुमा आफ्नो शौख बनाउनुहोस्, त्यसका लागि थोरै थोरै समय निकाल्नुहोस् । यी स–साना खुसीका पल नै एक दिन पूरा सिलसिला बन्नेछ, विश्वास गर्नुहोस् । 

आफूलाई कम आँक्न छोड्नुहोस्ः

हरेक व्यक्तिमा भिन्न भिन्न खुबी हुन्छ । कसैले राम्रो लेख्न सक्छन्, कोही कुरा गर्न सिपालु हुन्छन् । यदि कोही परिचित कोही कलामा कुशल छन् भने ती व्यक्तिमाथि डाहा गर्नुको साटो आफूलाई राम्रो बनाउनुहोस् । तपाईंमा पनि कुनै न कुनै कौशल त पक्कै हुन्छ, सायद तपाईं योसँग परिचित नभएको पनि हुनसक्छ । आफूलाई प्रेम गर्न र महत्व दिन सिक्नुहोस् । कसैको कला देखेर ‘मलाई त केही पनि आउँदैन’ भनेर नसोच्नुहोस् । यसको साटो आफ्नो कलालाई निखार्ने कोसिस गर्नुहोस् । यदि तपाईं राम्रो लेखक वा गायक हुनुहुन्नँ भने सायद ज्ञानमा उनीहरुभन्दा राम्रो हुनुहोला । आफ्नो गुणलाई निखार्नुहोस् र यसलाई खुसीको माध्यम बनाउनुहोस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप