शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्लादिमिर पुटिनका विरोधी नेता नाभेल्नीलाई साढे तीन वर्षको जेल सजाय

मङ्गलबार, २० माघ २०७७, २३ : ५५
मङ्गलबार, २० माघ २०७७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका उनलाई ३ हप्ताअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो । नाभेल्नी जर्मनीमा उपचारका लागि पुगेका थिए ।  गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए ।

उनको उपचार जर्मनीमा भएको थियो । ४४ वर्षका नाभेल्नीलाई पासपोर्ट कन्ट्रोलबाट प्रहरीले आफूसँगै  अलग्गै लगेको थियो । बर्लिनबाट आएको नाभेल्नीको फ्लाइटलाई मस्कोको एयरपोर्टबाट अर्को एयरपोर्टमा लगिएका थिए ।  नाभेल्नीको ज्यान लिने कोसिसको पछाडि रुसको सरकारको हात थियो भनेर थुप्रैले मान्यता राख्छन् । केही खोजी पत्रकारले पनि यी दाबीको समर्थन गरेका थिए तर रुसको सरकारले भने यी आरोप खारेज गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप