‘भारत इयूलाई खोप आपुर्ति गर्न इच्छुक’

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ ।
इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले भने, “कोभिड–१९ विरूद्धको खो आपूर्ति गर्न इयूका विद्यमान नियमहरूमा परिवर्तन गरिएमा भारतले संघलाई खोप उपलब्ध गराउन सक्छ ।” युरोपमा चाँडै खोप आपूर्ति गर्नका लागि विद्यमान नियमहरूले अवरोध गरेको पनि उनले बताए ।
सीरम इन्स्टिट्युटका अनुसार कम्पनीबाट कोरोनाभाइरस खोपलाई दैनिक २५ लाख मात्राको दरले उत्पादन भइरहेको छ । खोपको अधिकांश हिस्सा भारतमा प्रयोग गरिएको छ भने केही प्रतिशत उत्पादनलाई छिमेकी तथा आफ्ना सहयोगी राष्ट्रहरूलाई उपलब्ध गराइरहेको छ ।
भारतले कोभ्याक्स कार्यक्रममार्फत् गरीब देशहरूलाई ठूलो मात्रामा खोप उपलब्ध गराउने कार्यक्रम पनि अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?