शोभा भगवतीमा नागरिक आन्दोलन (फोटोफिचर)
काठमाडौं । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई फासी दिइएको स्थल काठमाडौंस्थित शोभा भगवतीमा बुधबार नागरिक आन्दोलन भएको छ । सहिदहरुको सम्झना गर्दै आयोजित ‘बृहद नागरिक आन्दोलन’मा लेखक, पत्रकार, बुद्धिजीवि, आम युवा तथा सर्वसाधारणको सहभागिता रह्यो । सहभागीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरे ।
ओलीले देशलाई प्रतिगमनतर्फ धकेलेकाले शशक्त आन्दोलन गर्नुपर्ने जरुरी गरेको कार्यक्रमका वक्ताहरुले बताए । लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक÷ पत्रकार राजेन्द्र महर्जन, युग पाठकलगायतले जनताको अधिकार गुम्ने अवस्था निम्तिएकाले सबैखाले प्रतिगमनको विरोध गर्दै नागरिकहरु आन्दोलनमा उत्रनुपर्ने परिस्थिति सिर्जना भएको धारणा राखे ।
कार्यक्रमको सुरुवात शिल्पी थियटरका कलाकारहरुले गंगालाल र दशरथ चन्दलाई फाँसी दिइएको घटनाको झल्को दिनेगरी नाटक मञ्चन गरेका थिए । आन्दोलनअन्तर्गत यसअघि सहिद सप्ताहको अवसरमा शुक्रराज शास्त्रीलाई फाँसी दिइएको स्थल टेकु र धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थल सिफलमा कार्यक्रम गरिएको थियो । जहाँनिया राणाशासनविरुद्ध अभियान गरेको भन्दै शास्त्री, माथेमा, चन्द र श्रेष्ठलाई १९९७ मा तत्कालीन राणा सरकारले फाँसी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो