शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शोभा भगवतीमा नागरिक आन्दोलन (फोटोफिचर)

मङ्गलबार, २० माघ २०७७, २२ : २१
मङ्गलबार, २० माघ २०७७

काठमाडौं । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई फासी दिइएको स्थल काठमाडौंस्थित शोभा भगवतीमा बुधबार नागरिक आन्दोलन भएको छ । सहिदहरुको सम्झना गर्दै आयोजित ‘बृहद नागरिक आन्दोलन’मा लेखक, पत्रकार, बुद्धिजीवि, आम युवा तथा सर्वसाधारणको सहभागिता रह्यो । सहभागीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरे ।

ओलीले देशलाई प्रतिगमनतर्फ धकेलेकाले शशक्त आन्दोलन गर्नुपर्ने जरुरी गरेको  कार्यक्रमका वक्ताहरुले बताए । लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक÷ पत्रकार राजेन्द्र महर्जन, युग पाठकलगायतले जनताको अधिकार गुम्ने अवस्था निम्तिएकाले सबैखाले प्रतिगमनको विरोध गर्दै नागरिकहरु आन्दोलनमा उत्रनुपर्ने परिस्थिति सिर्जना भएको धारणा राखे । 

कार्यक्रमको सुरुवात शिल्पी थियटरका कलाकारहरुले गंगालाल र दशरथ चन्दलाई फाँसी दिइएको घटनाको झल्को दिनेगरी नाटक मञ्चन गरेका थिए । आन्दोलनअन्तर्गत यसअघि सहिद सप्ताहको अवसरमा शुक्रराज शास्त्रीलाई फाँसी दिइएको स्थल टेकु र धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थल सिफलमा कार्यक्रम गरिएको थियो । जहाँनिया राणाशासनविरुद्ध अभियान गरेको भन्दै शास्त्री, माथेमा, चन्द र श्रेष्ठलाई १९९७ मा तत्कालीन राणा सरकारले फाँसी दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप