फाईजरले कोभिड–१९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने
मङ्गलबार, २० माघ २०७७, २१ : ००

एजेन्सी । फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मङ्गलबार जानकारी गराएको छ । कम्पनीले भनेको छ, ‘हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालू आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी रहेको छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ ।”
फाईजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ । फाईजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?