आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा चार घर जलेर नष्ट

मङ्गलबार, २० माघ २०७७, २० : ३०
मङ्गलबार, २० माघ २०७७

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार जननका घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् ।

आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ । घरमा रहेको पाँच वर्षीय बालकले आगो सल्काउने लाइटर खेलाउने क्रममा आगलागी भएको भनिए छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप