शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट खाडीमा मृत्यु भएका १४ पारिवारलाई आर्थिक सहयोग

मङ्गलबार, २० माघ २०७७, २० : १३
मङ्गलबार, २० माघ २०७७

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आईएमईको दुई दिवसीय भेला सुरु भएको छ । सो अवसरमा कोरोनाबाट खाडी मुलुकमा निधन भएका  १४ जना मृतक परिवारका लागि आइएमईले उपलब्ध गराएको ५८ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरे ।

आईएमईको दुई दिवसीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आईएमईले आफ्नो स्तरबाट गरेको कार्य सरहानीय रहेको बताए । उनले वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सबाट मुलुकलाई निकै फाईदा भएकोले आईएमईले गरेको कार्यको प्रशंसा गरे ।

उनले प्रदेशमा लगानीको वातावरण बनेमा मुलुक समृद्धितर्फ अग्रसर हुने भएपनि संघीय सरकारले आफुहरुलाई सहयोग नगरेको आरोप समेत लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप