बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वैशाखमा निर्वाचन हुने कुनै सम्भावना छैनः बाबुराम भट्टराई

मङ्गलबार, २० माघ २०७७, १९ : २३
मङ्गलबार, २० माघ २०७७

अर्घाखाँची । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा प्राप्त उपलब्धिको रक्षाको लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताएका छन् । उनले अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए ।

अध्यक्ष डा. भट्टराईले जनताको मतबाट निर्वाचित प्रतिनिधिसभा विघटन गरेर जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भएको बताउँदै वैशाखमा निर्वाचन हुने कुनै सम्भावना नरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप