शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनुष्काले छोरीको पहिलो फोटो सेयर गर्दै सार्वजनिक गरिन् नामः विराटले लेखे, ‘मेरो पूरा दुनियाँ एउटै फ्रेममा’

मङ्गलबार, २० माघ २०७७, १४ : १७
मङ्गलबार, २० माघ २०७७

अनुष्का शर्माले आफ्नी नवजात छोरीको पहिलो झलक सोसल मिडियामा साझा गरेकी छिन् । यो तस्बिरमा भर्खरै आमाबुवा बनेका अनुष्का र विराट कोहलीले छोरीलाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । 


अनुष्काले आफ्नो पोस्टमा छोरीको नाम पनि सार्वजनिक गरेकी छिन् । साथै उनले शुभकामना दिने सबैलाई धन्यवादसमेत व्यक्त गरेकी छिन् । उक्त फोटोमा कोहलीले लेखेका छन्, ‘मेरो पूरा संसार एउटै फ्रेममा ।’

अनुष्काले क्याप्सनमा लेखेकी छिन्, ‘हामी प्रेम र आभारसहित बसिरहेका छौं तर सानी वामिकाले हामीलाई भिन्न स्तरमा ल्याइदिएकी छिन् । आँसु, हाँसो, चिन्ता परम सुख.. यी सबै भावनाको अनुभव हामीले एक पलमा नै गर्यौं । हाम्रो निद्रा गायब छ तर मुटु भरिएको छ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

३२ वर्षकी अनुष्काले गत जनवरी ११ तारिखमा छोरीलाई जन्म दिएकी हुन् । विराटले सोसल मिडियामा यसबारे जानकारी दिएका थिए । साथै आफ्ना प्रशंसकलाई निजताको सम्मान गरिदिन अपिलसमेत गरेका थिए । 

विराट र अनुष्काले पापाराजीलाई उनीहरुको छोरीको फोटो नखिचिदिन अपिलसमेत गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप