प्रचण्ड–माधवसहितका नेता आधिकारिकताका लागि निर्वाचन आयोग जाँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता दावी गर्न प्रचण्ड–माधव पक्षका शीर्ष नेताहरु निर्वाचन आयोगमा जाने भएका छन् । अध्यक्षद्वाय प्रचण्ड र माधवकुमार नेपालसहितको टोली आयोग जान लागेको नेता लिलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार आवश्यक कागजपत्रसहित अध्यक्षद्धयसहितको टोली ११ बजेपछि आयोग जान लागेको हो ।
सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्री समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने नेकपाका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ भने महासचिव विष्णु पौडेलको जिम्मेवारी खोसेको छ ।
यसअघि ओली र प्रचण्ड नेपाल दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेपनि आयोगले दुबै पक्षको निर्णय अस्वीकार गर्दै नेकपा विभाजन नभएको जनाएको थियो । आयोगको उक्त निर्णयको आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
-
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर