शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमा बन्दै ड्रिम गर्ल हेमा

सोमबार, १९ माघ २०७७, २२ : २३
सोमबार, १९ माघ २०७७

मुम्बई । साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् ।

फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ ।  फिल्मको कौशल्याको भूमिका ड्रिम गर्ल हेमा मालिनीले निर्वाह गर्न लागेको अहिले समाचार बाहिर आएको छ । यस विषयमा हेमा र फिल्म युनिटले भने आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ ।

‘आदिपुरुष’ मेघा बजेटमा बनाउने तयारी गरिएको छ । ओम राउत टी सीरीजले सुप्रिमो भुषण कुमारसँग मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा बनाउने तयारी गरिएको छ । 
फिल्मलाई ओम राउतले निर्देशन गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप