आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माघ २१ गतेबाट ‘जुत्ता, चप्पल तथा व्यापार मेला २०७७’ सुरु हुँदै

सोमबार, १९ माघ २०७७, १९ : ०१
सोमबार, १९ माघ २०७७

काठमाडौं । जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएका हो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एसोसिएशनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आम उपभोक्ताहरुको बीचमा आफ्ना उत्पादनहरु पु¥याउने परिचित गराउने मुख्य उद्देश्यका साथ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउँदै लैजान एसोसिएशनले एक्स्पोको आयोजना गर्न लागेको जनाएको हो ।

‘एफम्यान फुटवोयर बिजनेश एक्स्पो २०७७’ नाम दिइएको एक्स्पो माघ २१ देखि २०७७ फाल्गुन १० गतेसम्म प्रर्दशनी मार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुनेछ ।

उक्त कार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेला गत वर्ष फैलिएको कोभिड १९ को माहामारिका कारण गर्न नसक्दा आम उपभोक्तालाई पर्न गएको असरलाई मध्य नजर गर्दै फुटवयर बिजनेश एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं । यो एक्स्पोमा हामीले सबै नेपाली ब्रान्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं । यसले नेपाली जुत्ता चप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।’

उक्त कार्यक्रममा बोल्दै एफम्यानका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली ग्राहकको क्रयशक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर फुटवयर क्षेत्रलाई चलायमान बनाउँदै लैजान एक्स्पो आयोजना गरेको बताए ।

फुटवयर एक्स्पो २०२१मा नेपाली ब्रान्डहरु फिटराइट, ल्याण्डवाक, फर्स्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी रहेका छन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप