सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको होः मन्त्री ढकाल
सोमबार, १९ माघ २०७७, १८ : ४२
मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग रु ५० करोड रकम अपुग भएकाले रु ३० करोड सरकारले दिन लागेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णयानुसार नै जलहरि लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।
मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट पारे। उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निर्णयअनुसार नै नियुक्ति हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर