नेकपा प्रचण्ड–नेपाल पक्ष फेरि निर्वाचन आयोग जाने तयारीमा
सोमबार, १९ माघ २०७७, १५ : ४३

नेकपाका प्रचण्ड–माधव नेपाल पक्ष फेरि निर्वाचन आयोगमा जान लागेको छ । पार्टीमा आफूहरुको साथमा दुई तिहाइ हाराहारीमा केन्द्रीय सदस्य रहेका तथा आधिकारिक पार्टी पनि आफूहरु नै रहेको जिकिरसहित सो पक्ष निर्वाचन आयोगमा जान लागेको हो ।
बैठक स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेताहरु निर्वाचन आयोग जान लागेका हुन् र यसबारे सो समूहको केन्द्रीय समिति बैठकमै छलफलको एजेण्डा बनाइएको थियो । बैठकमा प्रचण्डले ओलीलाई कारबाहीसहित निर्वाचन आयोगबारे एजेण्डा नै बैठकमा प्रस्तुत गरेका थिए ।
बैठकपछि नेता वर्षमान पुनले आवश्यक तयारी पुरा गरेर आयोगमा गएर आधिकारिक पार्टी आफूहरु भएको दावेदारी प्रस्तुत गर्न लागिएको बताए । यसअघि पनि सो पक्षले निर्वाचन आयोग गएर आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?