समाचार

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

person explore access_timeमाघ १९, २०७७ chat_bubble_outline0

 


अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध  सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।



निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ ।  प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।



यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।