बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

परम्परा तोड्दै भारतमा पेपरलेस बजेटः मेड इन इन्डिया ट्याबबाट बजेट पढ्दै

सोमबार, १९ माघ २०७७, ११ : ३२
सोमबार, १९ माघ २०७७

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट भाषण सुरु गरेकी छिन् । पहिलो पटक बजेट भाषणलाई पेपरलेस बनाइएको छ ।

बही खाताबाट बजेट पढ्ने परम्परालाई तोड्दै आज एक ट्याब्लेटबाट बजेट प्रस्तुत गरिँदैछ । उक्त ट्याब्लेट पनि भारतमा नै बनेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यसको साथै सबै सांसदहरुलाई डिजिटल कपी पनि दिइनेछ । आज भारतको आर्थिक वर्ष २०२१–२२ का लागि आम बजेट प्रस्तुत हुनेछ ।

कांग्रेसका केही सांसद नयाँ कृषि कानुनको विरोधमा कालो कपडा लगाएर संसद पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप