लिभरपुल तेस्रो स्थानमा उक्लियो, स्पर्स पराजित

मोहमद शलाहले प्रिमियर लिगका पछिल्ला सात खेलमा पहिलो पटक गोल गरेपछि लिभरपुलले वेस्ट ह्यामलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा शलाहले दुई गोल गरे भने जर्जिने विजनाल्डमले एक गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर क्रेग डसनले वेस्ट ह्यामका लागि सान्तवना गोल फर्काए ।
२१ खेलबाट ४० अंक बटुल्दै लिभरपुल लिगको तेस्रो स्थानमा रहेको छ । लिभरपुल शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा ४ अंकले पछि रहेको छ । यद्यपि, सिटीले एक खेल कम खेलेको छ ।
यता, नयाँ म्यानेजर थोमास टुचेलको नेतृत्वमा चेल्सी पनि पनि पहिलो जीत हासिल गरेको छ । आइतबार चेल्सीले बर्नलीलाई २–० गोलले हराएको हो ।
चेल्सीको जीतमा सेजार एज्पिलिकुएटा र मार्कोस अलोन्सोले एक–एक गोल गरे । जीतपछि चेल्सी लिगको सातौँ स्थानमा उक्लिएको छ ।
उता, टोटनह्याम भने ब्राइटनसँग १–० गोलअन्तरले पराजित भएको छ । खेलको १७ औँ मिनेटमा लिएन्ड्रो ट्रोसाडले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
यो सिजन लगातार दुई खेलमा पराजित भएको टोटनह्याम दोस्रो पटक हो । स्पर्स लिगको छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै