मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

श्वासप्रश्वासमा समस्या देखिएपछि उपकुलपति भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

सोमबार, १९ माघ २०७७, ०० : ४२
सोमबार, १९ माघ २०७७

तुलसीपुर । श्वासप्रश्वासमा समस्या भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । आइतबार बेलुकी ४ बजेतिर उपकुलपति भण्डारीलाई हेलिकप्टर मार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा लगिएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

उपकुलपति भण्डारीलाई तीन दिन अगाडि कोरोना संक्रमन पुष्टि भएको एक कर्मचारीले बताए । ‘केही दिन यता उहाँलाई खोकी लागेको हुँदा क्वाटरमै बस्दै आउनुभएको थियो’ ती कर्मचारीले भने ‘ तर, आज अलि बढी श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उहाँलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।’

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले पनि उपकुलपतिलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा थप उपचारका लागि काठमाडौं लगिएको जानकारी दिए । प्रहरीका अनुसार भण्डारीलाई अस्पताल पुर्याएपछि उपचार सुरु भएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप