आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका वकिलः राजाका महान्यायाधिवक्तादेखि राप्रपाका पूर्व केन्द्रीय सदस्यसम्म

१७५ जनाको वकालतनामा, सोमबार खरेलको बहस
सोमबार, १९ माघ २०७७, ०० : २७
सोमबार, १९ माघ २०७७

काठमाडौं । ‘प्रधानमन्त्रीको तर्फबाट त लामै सूची छ, हैन ?’ आइतबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोधे । संसद विघटनबारे रिट निवेदकको तर्फबाट बहस सकिएपछि इजलास उठ्ने बेलामा जबरालाई उत्तर दिँदै वरिष्ठ अधिवक्ता सुशील पन्तले भने–‘अँ सूची लामै छ, श्रीमान ।’ संवैधानिक इजलासबाट संसद विघटन मुद्दाको सुनुवाई गर्ने आदेश भएपछिको तेह्रौं दिनमा रिट निवेदकले बहस सकेका छन् । सोमबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारी वकिल र निजी कानून व्यवसायीले बहस गर्दैछन् । 

प्रधानमन्त्री ओलीको तर्फबाट प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्न १७५ जना वकिलहरुले वकालतनामा पेस गरेका छन् । ‘प्रधानमन्त्रीको तर्फबाट हामी १७५ जनाले बहस गर्दैछौं’ ओली निकट कानून व्यवसायी रमेश बडालले रातोपाटीसँग भने ।सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुरुमा बहस गर्दैछन् । महान्याायधिवक्ताको कार्यालयका तर्फबाट ११ जना सरकारी वकिलले बहस गर्नका लागि सर्वोच्चमा पत्राचार गरिएको छ । 

प्रधानमन्त्रीको तर्फबाट बहस गर्न वकालतनामा पेस गर्नेमा तत्कालीन राजा ज्ञानेन्द्रका महान्यायाधिवक्तादेखि राप्रपाका केन्द्रीय सदस्यसम्म छन् । प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्दैछन् । उनी ०६० सालमा राजाको शासनकालका महान्यायाधिवक्ता हुन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई अक्षम भन्दै प्रधानमन्त्रीबाट हटाएपछि गठन भएको सरकारमा पन्तलाई महान्यायाधिवक्ता नियुक्त गरिएको थियो । 

ओलीको तर्फबाट वकालतनामा पेश गर्नेमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र  विष्णु भट्टराई छन् । उनीहरु दुवै ‘राजावादी वकिल’ भनेर चिनिन्छन् । भट्टराई कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता भैसकेका वकिल हुन् । 

विष्णु भट्टराईको पृष्ठभूमि विवादित पनि छ । सेवाग्राहीको हस्ताक्षर दूरुपयोग गरेर २० लाख रुपैयाँको तमसुक बनाएर पैसा मागेको मुद्दामा सर्वोच्च अदालतले भट्टराईलाई ‘आवश्यक कारवाही गर्नु’ भनेर कानून व्यवसायी परिषद्लाई लेखेर पठाएको थियो । तर, अहिलेसम्म उनलाई कारवाही भएको छैन । 

ओलीको तर्फबाट बहस गर्ने सूचीका अर्का वकिल हुन्, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी । ‘नेपालका लागि नेपाली अभियान’का अभियन्ता समेत रहेका उनी राजा फर्काउने अभियानमा छन् । बालकृष्ण न्यौपाने पनि सो अभियानका सदस्य हुन् । उनीहरु पछिल्लो समय गणतन्त्रको विरुद्धमा अभियान चलाउँदै आएका छन् । 

प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता महेश नेपाल, विष्णुमणि अधिकारी, माधव बाँस्कोटा, बारका पूर्व महासचिव विजय मिश्रा, माधव बस्नेत, वरिष्ठ अधिवक्ता रविनारायण खनाल, रमेश गुरागाईं, बारका उपाध्यक्ष ईश्वरी भट्टराई, कोषाध्यक्ष रुद्र पोखरेल र टंक दुलालले बहस गर्दैछन् ।  रमेश बडाल र महेश नेपाल ओली निकट कानुन व्यवसायी मानिन्छन् । माधव बाँस्कोटा काँग्रेस निकट हुन् । 

उर्दी जारी गरेर ‘वकालतनामा’
प्रधानमन्त्रीको पक्षमा वकालतनामा लेखाउन उर्दी नै जारी गरेको पाइएको छ । भोजराज आचार्यको नेतृत्वमा उपत्यकामा क्रियाशील कानून व्यवसायीहरुलाई महान्यायाधिवक्ताको कार्यालयमा बोलाएर वकालतनामामा हस्ताक्षर गराइएको थियो । 

‘भोलि पार्टीले सम्झने बेलामा गुनासो गर्न पाउनुहुन्न्’ भन्दै आफुलाई पनि निम्ता आएको जानकारी दिँदै एक वकिलले रातोपाटीसँग भने– ‘म गइन, मलाई पनि महान्यायाधिवक्ताको कार्यालयमा चियाको निम्ता आएको थियो ।’सिंहदरबार स्थित महान्यायाधिवक्ताको कार्यालयमा वकालतनामामा हस्ताक्षर गराएर सर्वोच्चमा एकमुष्ठ १७५ जनाको हस्ताक्षर पेश गरिएको छ । प्रगतिशील कानून व्यवसायीबाट प्रधामन्त्रीको पक्षमा बहस गर्न बरिष्ठ अधिवक्ता मध्येका महेश नेपाल र विष्णुमणी अधिकारी मात्र तयार भएका छन् । अधिकांश वरिष्ठचाहिँ पूर्व राजावादी र काँग्रेस निकट छन् ।

बहस गर्ने सूचीमा रहेका केही वकिलको सूची यस्तो छ :

१. अधिवक्ता दुर्गा भण्डारी
२. अधिवक्ता लक्ष्मी तामाङ
३. अधिवक्ता शान्ता थापा
४. अधिवक्ता मकुन्दप्रसाद भट्टराई
५. अधिवक्ता रमेशप्रसाद यादव
६. अधिवक्ता अन्जना शाक्य
७. अधिवक्ता लक्ष्मण तिवारी
८. अधिवक्ता मनिषा खड्का
९. अधिवक्ता सुधा धिताल
१०. अधिवक्ता कृष्णप्रसाद तिवारी
११. अधिवक्ता गणेश घिमिरे
१२. अधिवक्ता कृष्णप्रसाद भण्डारी
१३. अधिवक्ता उपेन्द्रकुमार आले
१४. अधिवक्ता सकुल खत्री
१५. अधिवक्ता मुकुन्द अधिकारी
१६. अधिवक्ता भोजराज सुवेदी
१७. अधिवक्ता धिर्जराज पोखरेल
१८. अधिवक्ता विमला निरौला
१९. अधिवक्ता शान्ता पन्त
२०. अधिवक्ता सन्तोषराज ढकाल
२१. अधिवक्ता शोभना अधिकारी
२२. अधिवक्ता शशिनाथ मरासिनी
२३. अधिवक्ता सहदेव पाण्डे
२४. अधिवक्ता टिकाराम पोखरेल
२५. अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठ
२६. अधिवक्ता रमेशप्रसाद गुरागाई
२७. अधिवक्ता ज्ञानदर्शन भट्टराई
२८. अधिवक्ता हरेरान तिवारी
२९. अधिवक्ता चन्द्रबहादर बस्नेत
३०. अधिवक्ता सरोजकमार गिरि
३१. अधिवक्ता शिव अर्याल
३२. अधिवक्ता श्रीधराकुमारी पुडासैनी
३३. अधिवक्ता तिलबहादर विश्वकर्मा
३४. अधिवक्ता पिकेप पन्थी
३५. अधिवक्ता ऋषिराम उपाध्याय
३६. अधिवक्ता गुरुभक्त निरौला
३७. अधिवक्ता प्रसादबहादुर खड्का
३८. अधिवक्ता मौसम राई
३९. अधिवक्ता हिमादेवी वस्नेत
४०. अधिवक्ता कौशिला राई
४१. अधिवक्ता रामकृष्ण पाण्डे
४२. अधिवक्ता नन्दकुमार राई
४३. अधिवक्ता राजकुमार कंडेल
४४. अधिवक्ता मनप्रसाद भट्टराई
४५. अधिवक्ता रामप्रसाद पौडेल
४६. अधिवक्ता ध्रुवप्रसाद चौलागाई
४७. अधिवक्ता सम्बल चौलागाई
४८. अधिवक्ता बालकृष्ण अधिकारी
४९. अधिवक्ता बिन्दु बिसुराल
५०. अधिवक्ता हरिप्रसाद तिमिल्सिना
५१. अधिवक्ता चेतबहादुर थापा
५२. अधिवक्ता निराजन महर्जन
५३. अधिवक्ता छविलाल घिमिरे
५४. अधिवक्ता भगवती पाण्डे
५५. अधिवक्ता सुदर्शन थपलिया
५६. अधिवक्ता रोशन घिमिरे
५७. अधिवक्ता शिव अर्याल
५८. अधिवक्ता सरस्वती सिग्देल
५९. अधिवक्ता डा.झमकप्रसाद शर्मा
६०. अधिवक्ता बलबहादुर राई
६१. अधिवक्ता शालिग्राम आचार्य
६२. अधिवक्ता विष्णुप्रसाद भण्डारी
६३. अधिवक्ता रमा श्रेष्ठ
६४. अधिवक्ता रविन्द्रकुमार ढुङ्गाना
६५. अधिवक्ता कृष्णकुमार आङ्देम्वे
६६. अधिवक्ता बाबुराम राई
६७. अधिवक्ता गोपालप्रसाद भण्डारी
६८. अधिवक्ता निराज खड्का
६९. अधिवक्ता केदारप्रसाद कोइराला
७०. अधिवक्ता टिकावहादुर कुँवर
७१. अधिवक्ता भुपाल बस्नेत
७२. अधिवक्ता धनजित बस्नेत
७३. अधिवक्ता सुरथ उप्रेती
७४. अधिवक्ता गुरुभक्त निरौला
७५. अधिवक्ता अपेक्षा निरौला
७६. अधिवक्ता भिमसेन बन्जारा
७७. अधिवक्ता लक्ष्मी सापकोटा
७८. अधिवक्ता ज्योतिराम फुयाल
७९. अधिवक्ता सुवासचन्द्र झा
८०. अधिवक्ता सीतासरण मण्डल
८१. अधिवक्ता श्रीकान्त वराल
८२. अधिवक्ता शान्तिदेवी खनाल  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप