शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटन प्रतिगामी भन्नेलाई कानुनमन्त्रीको प्रश्न : कुन नेतालाई नजरबन्द वा थुनामा राखेको छ ?

आइतबार, १८ माघ २०७७, २० : ०८
आइतबार, १८ माघ २०७७

सिरहा । कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी ओली समूहका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठले सरकार चल्नै नसक्नेगरी घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले माध्यात्मक अवस्थामा संसद विघटन गर्नुपरेकोे बताएका छन् । हेमनारायण यादवको १७ औं स्मृतिसभाको पूर्वसध्यामा मन्त्री निवास गोलबजार नपा ७ चोहर्वामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सरकार गठनसँगै आफ्नै पार्टीबाट घेराबन्दीमा पारेर सरकार चल्नै नदिएपछि संसद विघटनको अवस्था आएको बताए ।

उनले संसद विघटन असम्वैधानीक, अलोकतान्त्रीक नभएको बताए । ‘बजारमा हल्ला चलेजसतो संसद विघटन असंवैधानीक पनि होइन, प्रतिगामी पनि भएको होइन,’ उनले भने, ‘यो प्रधानमन्त्रीले चाल्नु भएको संवैधानीक कदम हो, प्रतिगमन भएको भए कुन पार्टीलाई प्रतिवन्ध लगाएको छ ? कुन नेतालाई नजरबन्द वा थुनामा राखेको छ ? यो चुनाव देखि डराउनेहरुको जनता भड्काउने षडयन्त्र मात्र हो ।’

मन्त्री श्रेष्ठले सोही क्रममा उनले अव कसैको बहकावमा नलागी चुनावको तयारीमा लाग्न सवैलाई अनुरोध गरे । नेता हेमनारायण यादवको २०६० माघ १९ गते हत्या भएको बताउँदै हत्यारालाई चाँडै कारवाही हुने मन्त्री श्रेष्ठले बताए । यादबको हत्या भएको १७ बर्ष हुँदा पनि दोषी कानूनी दायरामा आउन नसकेको प्रति दुःख व्यक्त गर्दै उनले अव चाँडै हत्यारालाई कारबाही हुने बताए । 

उनले भने, ‘हत्यारा पत्ता लागि सकेको छ, हामीले प्रधानमन्त्रीलाई हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन अनुरोध गरिरहेका छौं, चाँडै कारवाही हुन्छ ।  

उनले हत्यामा सिरहाको चोहर्वामा रहेको तत्कालीन ईन्ध्वज गंणका कर्णेल बाबुकृष्ण कार्की संलग्न रहेको विभिन्न प्रतिवेदनले त्यही बेला बुझाएको भन्दै अब हत्यारा खोजिरहनुपर्ने अवस्था नरहेको पनि बताए ।

सोही क्रममा नेकपा प्रदेश नम्वर २ का सचिव तथा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले नेकपा भिभावजन भईसकेको बताए । उनले अबपार्टी फुटेको छैन भनेर भनिरहनुको अर्थ नगरहेको भन्दै पार्टी विभाजन भइसकेको सुनाए । 

भोलि सिरहा सदरमुकाममा हुने हेवनारायण यादवको स्मृति सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप