राखेपले खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मङ्गलबार खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्नेभएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ः०० बजे उक्त कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग उक्त अन्तरक्रिया गर्ने राखेपले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिनुहुने छ भने उहाँले आवश्यक निर्देशन दिनुहुने राखेपले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको विकास र विस्तार तथा समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ । सो अवसरमा युवा तथा खेलकुदमन्त्री दावाङ र सदस्य सचिव रमेशकुमार सिलवालले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् । खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउने राखेपले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान