शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा ८९.६५ प्रतिशत व्यक्ति कोभिड सङ्क्रमणमुक्त

आइतबार, १८ माघ २०७७, १९ : ००
आइतबार, १८ माघ २०७७

एजेन्सी । बङ्गलादेशमा आइतबारसम्ममा ८९.६५ प्रतिशत कोभिड–१९ सङ्क्रमित निको भई घर फर्किएका छन् भने मृत्यु दर १.५२ प्रतिशत रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ३५ हजार १३९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यहाँको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । 

बङ्गलादेशमा अहिलेसम्म आठ हजार १२७ कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । सरकारले विगत २४ घण्टामा थप ३३९ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गरेको छ । यो अघिल्लो हप्ताको आइतबारको तुलनामा निकै कम हो । सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न खोप दिन लागेसँगै तथ्याङ्कले सङ्क्रमितको सङ्ख्यामा कमी देखाएको छ । 

एशियाली यो मुलुकमा विगत २४ घण्टामा १२ हजार २२५ जनाको कोभिड–१९ परीक्षण गरेको महानिर्देशनालयले जनाएको छ । बङ्गलादेशमा अहिलेसम्म कूल चार लाख ७९ हजार ७४४ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भइ निको भइसकेका छन् । बङ्गलादेशमा आइतबार सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या ४४७ रहेको र यो सोही दिन सङ्क्रमित पुष्टि हुने व्यक्तिको तुलनामा १२२ अङ्कले कम हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप