शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसुङको एस२१ सिरिजको खरिदमा सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा ईएमआईको सुविधा दिने

आइतबार, १८ माघ २०७७, १८ : ३३
आइतबार, १८ माघ २०७७

काठमाडौं । सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई)को व्यवस्था गरेको छ । 

यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ ।

कम्पनीले ग्राहकहरुका लागि शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क ईएमआई प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरेको छ  । 

सामसुङ एस२१ सिरिजको प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा गरिएको छ । ग्राहकहरुले आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्सका विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् । 

सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप