ओलीले देशलाई संकटतिर धकेलेः भीम रावल
आइतबार, १८ माघ २०७७, १७ : ४६

कैलाली । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप लगाएका छन् । आज प्रचण्ड–नेपाल समूह नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले संविधान मिचेर सरकारको विस्तार र प्रतिनिधि सभाको विघटन गरी देशलाई संकटतिर धकेलेको बताए ।
नेता रावलले प्रतिनिधिसभा जीवितै रहको उल्लेख गर्दै लोकतन्त्रमा बहुमतको निर्णयलाई संवैधानिक निकायले ग्रहण गर्नुपर्ने बताए । उनले आफुहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी भएको उल्लेख गदै ४४१ जना केन्द्रीय सदस्य बाहेक अरु नभएको स्पष्ट पारे । नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध धनगढीमा जनताले जवाफ दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक