आइतबारको शेयर बजारमा भारी गिरावट

काठमाडौं । आइतबारको शेयर बजारका भारी अंकले करेक्सन आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४.७५ अंकले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अंकमा झरेको छ । यो दिन बजारमा ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता शेयर कारोबार भएको थियो ।
आइतबार बनारका सबै सूचक तथा उपसूचकहरु घटेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ४.४ प्रतिशतले घटेको छ । यसबाहेक बैंकिङ, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र जीवनबीमा क्षेत्रमा २ प्रतिशत भन्दा मथिको गिरावट देखिएको छ ।
आइतबार १ सय ७५ कम्पनीको कारोबार भएकोमा १ सय ६१ वटा कम्पनीको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारका बाबजुद यो दिन प्रायम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । रिलायन्स फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ८.३० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि