बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महिलाको ढाड दुखाइलाई नठान्नुहोस् साधारण, हुनसक्छ यो ठूलो रोग

आइतबार, १८ माघ २०७७, १४ : ४०
आइतबार, १८ माघ २०७७

आजकाल थुप्रै महिलाहरुमा ढाड दुख्ने समस्या देखा परेको हुन्छ । कतिपय अवस्थामा मालिस गर्दा पनि यो निको हुँदैन । हाम्रो देशमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ । अस्टियोपोरोसिसको संकेत पनि यस्तै हुन्छ । यो निकै साधारण रोग हो जसले बिस्तारै हड्डीलाई कमजोर बनाउँछ । भारतका मेडिकल कलेजका हड्डी रोग विभागका पूर्व चिकित्सक डा. इमरान अख्तरका अनुसार यो रोगबारे त्यतिबेला थाहा हुन्छ जब मेरुदण्ड, नाडी र कुहिनाको हड्डी भाँच्चिने गर्छ । यो रोगले हड्डीलाई भित्रै भित्रै यसरी पातलो बनाइदिएको हुन्छ कि यो पातलो र खोक्रो हुने गर्छ जसका कारण सानो चोट लाग्दा पनि यो भाँच्चिने गर्छ । 

के हो कारण :

– व्यायाम र शारीरिक श्रमको कमी

– फास्ट फूड, कोल्ड ड्रिङ्क्स आदिको सेवन

– आन्द्रा, कलेजो र मृगौलाको रोग, रुमेटाइड अर्थराइटिस, गर्भावस्था

– अत्यधिक मद्यपान र धुम्रपान

– महिलाको मासिक धर्म बन्द भएपछि र एक प्रकारको विशेष हर्मोन

अस्टियोपोरोसिस रोगको लक्षणः

कम्मर र पिठ्यूँमा लगातार पीडा भइरहनू

– साधारण चोटमा पनि हड्डी भाँच्चिनु र सुन्निनु

– उचाई कम हुनु

यसरी गर्नुहोस् बचाउः

– दुध वा यसबाट बनेको खाद्य पदार्थ, प्रोटिन वा अन्य पोषक तत्वलाई खानामा समावेश गर्नुहोस्

– रजनोवृत्ति भएका महिलाले विशेषगरी क्याल्सियम र भिटामिन डी युक्त खानेकुराको सेवन गर्नुहोस्

– फास्ट फूडको सेवनबाट बच्नुहोस्

– ४० –४५ वर्षपछि हड्डीको घनत्वको नियमित परीक्षण गर्नुहोस्

– रोगको लक्षण देखिने बित्तिकै तत्काल उपचार गराउनुहोस्
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप