शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

आइतबार, १८ माघ २०७७, १४ : २०
आइतबार, १८ माघ २०७७

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको  गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् । 

यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी सोही पनि ठाउँस्थित खोल्सामा मृतावस्थामा फेला परेकी छन् । 
यसैगरी संखुवासभाको मादि नगरपालिका-८ दलेनीस्थित खोल्सामा सोही नगरपालिका-९ फाबिङ बस्ने ५५ वर्षीय रत्न बहादुर प्रधान मृत फेला परेका छन् भने भोजपुरको अरुण गाउँपालिका-६ स्थित अरुण नदी र आपखोलाको दोभानमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

सबै घटनाका सम्बन्धमा  स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप