अमेरिकामा ३ करोड डोज कोरोनाको खोप लगाइयो

अमेरिकामा २ करोड ९५ लाख बढी कोभिड–१९ को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । सीडीसीका अनुसार समाचार तयार पार्दासम्म २,९५,७७,९०२ डोज खोप लगाइसकिएको छ । यो वितरित ४,९९,३२,८५० डोजको ५९ प्रतिशत हो ।
२.४ करोड जनाले कम्तिमा खोपको एक डोज लगाइसकेका छन् भने ५२.५ लाखले खोपको पूर्ण डोज प्राप्त गरेका छन् । राज्यहरुले ७२ घण्टाभित्र खोपको विवरण रिपोर्ट गर्ने भएकाले सीडीसीको तथ्यांक केही पुरानो पनि हुनसक्ने बताइएको छ ।
शनिबार अमेरिकामा १ लाख ३६ हजार २५२ नयाँ संक्रमित फेला परेका थिए भने २ हजार ६४० जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यलायले जनाएको छ ।
अमेरिकामा कोरोनाभाइरसमा २ करोड ६० लाख ६९ हजार ४६ संक्रमित भइसकेका छन् भने ४ लाख ३९ हजार ४३९ जनाले ज्यान गुमाइसकेका छन् ।
यद्यपि, त्यहाँ दुई महिनामा पहिलो कोभिड–१९ कारण अस्पतालमा भर्तीको संख्या १ लाखभन्दा कम पुगको छ । कोभिड ट्रयाकिङ प्रोजेक्टकाअनुसार शनिबार अमेरिकामा ९७ हजार ५६१ जना संक्रमित अस्पतालमा भर्ना थिए ।
स्रोतः सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहरजन्य वस्तुबाट आम्दानी गर्दै व्यास नगरपालिका
-
गोबर र गहुँतबाट आम्दानी
-
जन्मदिनमा वाईसीएल इन्चार्ज दीपशिखाद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर