शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘मिसेस ब्युटी क्वीन नेपाल’ का लागि २१ प्रतियोगी छनौट

आइतबार, १८ माघ २०७७, १२ : ४७
आइतबार, १८ माघ २०७७

काठमाडौँ । सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटी क्वीन नेपाल २०२१’का लागि २१ प्रतियोगी छनौट भएका छन् ।
शनिबार सिजन मिडियाकै कार्यालय कमलादीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् । करिव ४० बढी प्रतियोगी सहभागी अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन नेपाल २०१९ की विजेता शान्ति लिम्वु र सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्त निर्णायकमा रहेका थिए ।

विवाहित महिला प्रतिभा निखार्दै उनीहरुलाई सक्षम बनाउने उद्देश्यले विगत ४ वर्षदेखि प्रतियोगिता नियमित आयोजना हुँदै आएको प्रतियोगिताकी निर्देशक रोजिना तुलाधरले बताइन् ।
अन्तिम चरणका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी क्षमतालगायत विभिन्न प्रशिक्षण समेत दिइनेछ ।

फागुनको दोस्रो साता आयोजना हुने प्रतियोगिताका विजेताले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । प्रतियोगितामा बिभिन्न १७ विधामा उपविजेता समेत चयन गरिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप