मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल फिल्म सोसाइटी’ को यूकेको संयोजकमा भट्ट चयन

आइतबार, १८ माघ २०७७, ११ : ०८
आइतबार, १८ माघ २०७७

बेलायतमा भर्खरै गठन भएको ‘नेपाल फिल्म सोसाइटी’ को यूके शाखाको अन्तर्राष्ट्रिय संयोजकमा मिडियाकर्मी राजेन्द्र भट्ट चयन भएका छन् । चलचित्र क्षेत्रमा रमाउँदै आएका भट्टले पछिल्लो समयमा पत्रकारिता पेशा समेत अंगाल्दै आएपनि पुन: चलचित्रतर्फ नै मोडिएका हुन् । 

संयोजकको जिम्मेवारी पाएपछि भट्टले रातोपाटीसँग भने ‘ मेरो अभिरुचिको विषय चलचित्र क्षेत्र नै हो, पछिल्लो समयमा आएर पत्रकारिता क्षेत्रमा आवद्ध भएँ, फेरि पूरानै क्षेत्रमा फर्केको छु ।’

'नेपाली चलचित्र व्यवसाय नेपालमै मात्र सीमित रहेर खासै राम्रो भविष्य छैन, विदेशमा रहेका नेपालीहरुमाँझ पुर्याउनै पर्छ', त्यसैले गुणस्तरीय नेपाली चलचित्रलाई विदेशमा रहेका नेपालीहरुसमक्ष पुर्‍याउनका लागि संयोजनको भूमिका निर्वाह गर्ने उनले बताए । भट्टले आफूले निर्माण गरेको फिल्म पनि अन्तिम चरणमा रहेको बताए ।

विभिन्न मुलुकमा छरिएर रहेका चलचित्रकर्मीलाई एकवद्ध पार्ने उद्देश्यले अमेरिका पछि बेलायतमा गतवर्षको अन्तमा कलाप्रेमी जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको थियो  । नेपाली फिल्म र कलाकारहरुलाई अन्तरराष्ट्रिय  स्तरमा चिनाउन र बजार व्यवस्थापन गर्नको लागि ‘नेपाल फिल्म सोसाइटी’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यस संस्थालाइ अझ बिस्तार रुपले लैजान केहि मुख्य देशहरुमा क्षेत्रीय संयोजक राख्ने क्रम जारी रहेको छ । 

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रमदाश जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन् ।

यसैगरी सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप