बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ठूल्ठूला डाँकू मिलेर मलाई ब्ल्याकमेल गरिरहेका छन्ः पाकिस्तानी प्रम

आइतबार, १८ माघ २०७७, १० : २६
आइतबार, १८ माघ २०७७

पाकिस्तानमा इमरान खानको सरकार र विपक्षबीच एक अर्कामाथि आरोप प्रत्यारोपको सिलसिला जारी छ । ताजा घटना ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा रिपोर्टको हो । 

पत्रिका एक्सप्रेसका अनुसार ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०१९–२० को रिपोर्टका अनुसार भ्रष्टाचारको मामिलामा पाकिस्तान सात अंक तल झरेको छ । 

मुस्लिम लीग (नवाज) ले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई उद्धृत गर्दै इमरान खानको सरकारविरुद्ध चार्जशीट दर्ता गर्दै भनेको छ, ‘यो रिपोर्टले सरकार कति भ्रष्ट छ भन्ने प्रमाण दिन्छ । आज देशमा सबैभन्दा भ्रष्ट सरकार छ ।’

यसमा जवाफमा प्रधानमन्त्री इमरान खानले भने, ‘ठूल्ठूला डाँकू मिलेर मलाई ब्ल्याकमेल गरिरहेका छन् । एउटा भगौडा नेता लण्डनमा बसेर क्रान्तिकारी बनिरहेका छन् । यी सबैले पार्टीलाई एकजुट गर्नका लागि सरकार निस्किने मितिबारे कुरा गरिरहन्छ । फजलुर्रहमान भ्रष्ट व्यक्ति हुन् । उनलाई मौलाना भन्नु उलेमा (मुश्लिम धर्मावलम्बीहरुको प्रतिष्ठित संस्था) को अपमान हो । फजलुर्रहमान मदरसाका बच्चाहरुको प्रयोग गरेर अर्बपति बनेका छन् ।’

मौलाना फजलुर्रहमान को हुन् ?

मौलाना फजलुर्रहमान पाकिस्तानको राजनीतिमा निकै चर्चित नाम हो । हरेक सरकारसँग उनको साँठजाँठ हुने गर्दछ । हरेक सरकारमा उनले कि त कुनै मन्त्रालय वा कुनै समितिको अध्यक्ष पद पाउँथे । 

तर इमरा खानको पार्टी तहरीक–ए–इन्साफ र स्वयम् खानसँग उनको स्थान कहीँ रहेन । उनको आधार क्षेत्र बलुचिस्तान र खैबर पख्तुनख्वा हो  तर आम चुनावमा इमरान खानको पार्टीसँग बलुचिस्तान र खैबर पख्तुनख्वामा उनको पार्टी पराजित भए । फजलुर्रहमानले आफ्नै सिट पनि जोगाउन सकेनन् ।

 उनैको अगुवाइमा प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन भइरहन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप