शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरेलु मैदानमा रियल स्तब्ध

आइतबार, १८ माघ २०७७, ०९ : २२
आइतबार, १८ माघ २०७७

१० खेलाडीमा सिमित रियल म्याड्रिड आफ्नो घरेलु मैदानमा लेभान्तेसँग पराजित भएको छ । पराजयसँगै रियल शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा ७ अंकले पछि परेको छ । डिएगो सिमिओनीको टोलीले रियलभन्दा दुई खेल कम खेलेको छ ।

शनिबारको खेलमा जिनेदिन जिदानले घाइते कप्तान सर्जियो रामोशको स्थानमा एडर मिलिटाओ र राफायल भरानको जोडीलाई मौका दिएका थिए । तर त्यो ९ मिनेट मात्र टिक्यो ।  मिलिटाओले  सर्जियो लियोनलाई पेनाल्टी एरिया बाहिर लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले रातो कार्ड पाए ।

तर, लगत्तै मार्को असेन्सियोले टोनी क्रुसको पासमा रियललाई अग्रता दिलाए । यद्यपि, यो लामो समय टिक्न सकेन । लेभान्तेका कप्तान होजे लुइस मोरालेसले खेलको ३२ औँ मिनेटमा खेल बराबरी गरे ।

दोस्रो हाफमा रोजर मार्टीको पेनाल्टीलाई रियलका गोलकिपर थियाबट कोर्टवाले बचाउ गरे पनि उनले नै  ७८ औँ मिनेटमा निर्णायक गोल गरे ।

ला लिगामा पछिल्लो १० खेलमा रियलको यो पहिलो पराजय हो । तर, पछिल्ला चार खेलमध्ये रियलले ३ खेलमा हार ब्यहोरेको छ ।

अन्य खेलमा सेभियाले इबारलाई २–० ले हरायो भने भ्यालेन्सियाले इल्चेलाई १–० ले पराजित गर्यो । भिल्लेरियाल र रियल सोसिडाडले १–१ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप