बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईले यस्ता विदेशीलाई नागरिकता दिने

आइतबार, १८ माघ २०७७, ०८ : ३४
आइतबार, १८ माघ २०७७

संयुक्त अरब इमिरेट्स (यूएई) ले होनहार विदेशीलाई आफ्नो नागरिकता दिने घोषणा गरेको छ । त्यस्ता होनहार विदेशी जसले खाडीको यो देशलाई आफ्नो योगदानले थप उत्कृष्ट बनाउन सकून् । 

यूएईका उप–राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले देशका नागरिक बन्ने योग्यता राख्ने क्षमतावान् विदेशीमा लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार र विशेष क्षमता भएका व्यक्तिलाई देशको नागरिकता दिइने जानकारी दिए । 

उनीहरुका अनुसार होनहार विदेशी र उनका परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्नेछन् । 

दुबईका शासक शेख मोहम्मद बिन रशीद अल कमतूम जुन कडा शर्तसहित विदेशीलाई यूएईको नागरिकता दिने कुरा गरिरहेका छन्, त्यसमा कम आयस्रोत भएका मानिसहरु सायदै अटाउन सक्लान् । 

शेख मोहम्मद बिन रशीद अल मकतूमका अनुसार यसको उद्देश्य ती मानिसहरुलाई आकर्षित गर्नु हो जसले ‘हाम्रो विकास यात्रामा योगदान’ दिन सकून् । 

यसका लागि भिन्न कुनै आवेदन प्रक्रिया हुने छैन । यूएईका शाही व्यक्ति र अधिकारीले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामांकन गर्नेछन् । यसका लागि यूएईको त्यसलाई मञ्जुरी दिने नदिने भनेर मन्त्रीमण्डलले निश्चित गर्नेछ । 

यो पहल यस्तो समयमा गरिएको हो जब कोरोना महामारी र तेलको कम मूल्यका कारण हज्जारौं विदेशले यूएई छोडेर गइसकेका छन् । 

अबुधाबीबाट निस्कन पत्रिका ‘द नेशनल’ का अनुसार यो नयाँ व्यवस्थाले विशेष क्षेत्रका विशेषज्ञ र विदेशी लगानीकर्तालाई यूएईमा आफ्नो जरा गाड्ने मौका पाउनेछन् । 

कम आयस्रोत भएकालाई नजरअन्दाजः

बीबीसीका अरब अफेयर्स एडिटर सेबस्टियन अशरका अनुसार आर्थिक र पर्यटन केन्द्रको हिसाबले संयुक्त अरब इमिरेट्स विदेशीमा निर्भर छ । त्यहाँ बस्ने बहुसंख्यक जनसंख्या विदेशीका नै छ जो वर्कफोर्समा ९० प्रतिशभन्दा बढी छन् । 

विदेशी कामदारलाई धेरैजसो रिन्यूबल भिसा दिइन्छ जुन थुप्रै वर्षसम्म मान्य रहन्छ र रोजगारसँग जोडिएको हुन्छ । 

कम आयस्रोत भएका श्रमिकले संयुक्त अरब इमिरेट्सको अर्थव्यवस्था बनाउन महत्वपूर्ण भूमिका निभाएका छन् । यी ती मानिसहरु नै हुन् जसले निर्माण, सेवा सत्कार, रिटेल र ट्राभल सेक्टरमा काम गर्छन र त्यहाँबाट कमाएको धनलाई आफ्नो घरमा पठाएर आफन्तको मद्दत गर्छन् । 

यीमध्ये धेरैजना थुप्रै वर्षदेखि संयुक्त अरब इमिरेट्समा बसिरहेका छन् तर उनीहरुले नागरिकता हासिल गर्न सकेका छन् जसका कारण उनीहरुले सामाजिक सुरक्षा सम्बन्धित फाइदा पाउँदैनन् । 

संयुक्त अरब इमिरेट्समा कम आयस्रोत भएकाहरुलाई सधैं नजरअन्दाज गरिन्छ भने लगानीकर्ता, विद्यार्थीका लागि लामो समयसम्म रहनका लागि प्रस्ताव दिइने गर्छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप