शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा एकैदिन कोरोनाबाट १२ सयको मृत्यु, ८३ लाख भन्दा बढीले लगाए कोरोनाको खोप

आइतबार, १८ माघ २०७७, ०५ : २१
आइतबार, १८ माघ २०७७

लन्डन  । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२०० को मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले 
 जानकारी दिएको छ ।

शनिबार थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख पांच  हजार ५७१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २३ हजार २७५ जना नयां संक्रमित थपिएका छन् । नयाँसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ९६ हजार ८८ पुगेको छ ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  ।

हाल यहाँका अस्पतालमा ३४ हजार ७८३ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ८३२ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

८३ लाख भन्दा बढीले लगाए कोरोनाको खोप

बेलायतमा शनिबारसम्म ८३ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८३  लाख ७८  हजार ९४० जनाले खोपको पहिलो डोज लिइसकेका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

जसमध्ये चार लाख ८०  हजार ४३२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हाल फाइजर÷बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।

यसका साथै बेलायतले मोडर्ना खोपलाई पनि प्रयोगका लागि अनुमति दिइसके पनि उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने बताइएको छ । बेलायतले मोडर्नाको खोप १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप