क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
एजेन्सी । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।
हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्माण गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।
क्युवामा यस पहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो भने एक जनालाई जीवितै उद्धार गरिएको थियो । त्यस पहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय